विराटनगरमा सार्वजानिक पार्किङ अभ्यास : सडकमा रोक्ने बानि छोड्नै मान्दैनन् व्यापारी

विराटनगरमा सार्वजानिक पार्किङ अभ्यास : सडकमा रोक्ने बानि छोड्नै मान्दैनन् व्यापारी

विराटनगर । विराटनगर बजार क्षेत्रमा शुक्रबार ‘ग्राहक मास्न पाईदैन फोगटिया नो पार्किङ्ग जोन चाहिदैन’ लेखिएका पोष्टर जताततै टाँसिए । व्यापारीहरुले अभियानकै रुपमा विराटनगरको पार्किङ्ग व्यवस्थापनमा भईरहेको अभ्यासको विरोध गर्दै यस्तो टाँसेका थिए ।

जताततै सडक पार्किङ अभ्यासमा बानी परेका विराटनगरवासी सार्वजानिक पार्किङ अभ्यासप्रति सहमत देखिदैनन् । उनीहरुले टाँसेको पोष्टरले यहि सन्देश दिन्छ । तर, विराटनगरलाई अव्यवस्थित बनाउने समस्यामध्ये सार्वजानिक पार्किङस्थलको अभाव र सडक पार्किङको बाध्यता पनि हो । यसको व्यवस्थापन गर्ने निकाय स्थानीय सरकारको हैसियतले विराटनगर महानगरपालिका नै हो ।

सडकलाई नो पार्किङ क्षेत्र घोषणा गर्नका लागि स्थानीय सरकारले पहुँचयोग्य सार्वजानिक पार्किङस्थलको विकल्प दिनुपर्दछ । सार्वजानिक पार्किङस्थलको व्यवस्थापन नै नगरी बाध्यताको सडक पार्किङ विस्थापित हुने देखिदैन ।
महानगरले पहिलो चरणमा जलजलाचौकदेखि अस्पताल चौकसम्मको सडकलाई पार्किङ निषेधित गरेको छ । यसका लागि पुरानो जलजला हल उत्तरतर्फ जुत्ता–चप्पल मेला लाग्ने स्थान र ग्रिनक्रस अस्पताल पछाडीको खाली जग्गालाई पार्किङ स्थल घोषणा गरेको छ । यो दुई पार्किङस्थल र जलजला मोडदेखि अस्पतालचौकबीचको दुरी जताजता गएपनि २०० मिटरको पेरीफेरीमा पर्दछ ।

यसैगरी महानगरपालिकाले शनिमन्दिर–जलजलाचोक, शनिमन्दिरदेखि महावीर रोड सम्मको क्षेत्रलाई पनि पार्किङ निषेधित घोषणा गरेको छ । यसका लागि महावीर रोडमा चार कठ्ठा जग्गा पार्किङस्थलको रुपमा तोकेको छ । यो बीचको बजार क्षेत्रमा काम परेर आउनेहरुले पार्किङस्थलदेखि जुन क्षेत्रका पसल जाने भएपनि दुई मिनेट भन्दा लामो दुरी तय गर्नुपर्ने स्थिति छैन ।

अर्को पार्किङ निषेधित क्षेत्रको रुपमा महावीर रोडदेखि गुद्रीसम्मलाई विस्तार गर्ने योजना राखिएको छ । यसका लागि पुरानो गुद्री बजारको ईप्लटलाई पार्किङस्थल तोकिएको छ । यसैगरी हनुमान मन्दिरदेखि जलजला चौकसम्मको दुरीलाई समेत नो पार्किङ जोन घोषणा गरेर पुरानो गुद्रीको एप्लटलाई पार्किङस्थलको रुपमा प्रयोग गरिदैं आएको छ ।
हनुमान मन्दिर–जलजला चौकसम्म केहिवर्ष अगाडी नै नो पार्किङ जोन घोषणा गरिएको थियो । त्यहाँका व्यापारी अभ्यस्त भईसकेका छन् । सडकमा सवारी पार्किङ गरेर पसल छिर्ने ग्राहक केहि दुरीमा पार्किङ गरेर भएपनि त्यहाँका पसलमा पुगिरहेका छन् ।

तर, नयाँ पार्किङ व्यवस्थापन भईरहेका क्षेत्रका व्यापारीलाई अभ्यस्त हुन समय लाग्ने भएकाले अहिले विरोध जनाएपनि विस्तारै बुझ्दै जाने महानगरपालिाका नगर प्रहरी निरीक्षक राजन पौडेलको बुझाई छ । जथाभावी पार्किङ गर्दा आवतजावतमा समेत समस्या देखिएपछि मुख्य सडकलाई पार्किङ निषेधित क्षेत्र घोषणा गर्ने अभियान सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्