प्रदेश १ मा टुंगो लाग्यो मन्त्रालय कसले कुन मन्त्रालय पाए?

<span class='c1'>प्रदेश १ मा टुंगो लाग्यो</span> <span class='c2'>मन्त्रालय कसले कुन मन्त्रालय पाए?</span>

विराटनगर । प्रदेश १ सरकारले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गरेको छ ।

आज (शुक्रबार) बसेको मन्त्रिपरिषद बैठकले मन्त्रीपरिषद कार्यविभाजन गरेर १३ वटा साविकको मन्त्रालयलाई ९ वटामा सीमित गरेको हो । ९ वटा मन्त्रालयको संरचना पनि बैठकले तोकेको छ ।

यसअघि कायम रहेका यातायात व्यवस्था तथा सञ्चार, उद्योग श्रम तथा रोजगार, पर्यटन तथा संस्कृति र भूमि व्यवस्था सहकारी तथा गरिवि निवारण मन्त्रालय खारेज भएको छ ।

अब प्रदेश सरकारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय र पर्यटन, वन तथा वातावरण मन्त्रालय रहने भएको छ ।

कसलाई कुन मन्त्रालय ?
१) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय : हिक्मतकुमार कार्की

२) आर्थिक मामिला तथा योजना मन्त्रालय : हिक्मतकुमार कार्की

३) आन्तरिक मामिला तथा कानुन मन्त्रालय : हिक्मतकुमार कार्की

४) सडक पूर्वाधार तथा सहरी विकाश मन्त्रालय : दुर्गा प्रसाद चापागाईं

५) स्वास्थ्य मन्त्रालय : निर्मला लिम्बु

६) खानेपानी सिँचाई तथा ऊर्जा मन्त्रालय : तिलकुमार मेन्यान्ग्बो

७) उद्योग कृषि तथा सहकारी मन्त्रालय : भक्तिप्रसाद सिटौला

८) सामाजिक विकास मन्त्रालय : बुद्धिकुमार राजभण्डारी

९) पर्यटन वन तथा वातावरण मन्त्रालय : जीवन आचार्य

बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी तत्कालको लागि भक्तिप्रसाद सिटौलालाई दिने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्