पालिकास्तरीय डोरीतान प्रतियोगिताको उपाधि बुढीगंगा गाउँपालिकालाई

पालिकास्तरीय डोरीतान प्रतियोगिताको उपाधि बुढीगंगा गाउँपालिकालाई

विराटनगर । डोरी तान संघ विराटनगर महानगर समितिले आयोजना गरेको पालिकास्तरीय डोरीतान प्रतियोगिताको उपाधि बुढीगंगा गाउँपालिका जितेको छ ।

विराटनगर-३ पुष्पचाल चोकमा शनिबार आयोजित डोरीतान प्रतियोगितामा बुढीगंगाले मिक्लाजुङ गाउँपालिकालाई पराजित गर्दै ट्रफी उचालेको हो ।

डोरी तान संघ विराटनगर महानगर समितिले आयोजना गरेको पालिकास्तरीय डोरीतान प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले खेलकुदले समाज रुपान्तरणसँगै शारीरिक र मानसिक विकासमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने विचार व्यक्त गरे ।

मेयर कोइरालाले खेलकुदले शारीरिक र मानसिक विकाससँगै अनुशासनसमेत सिकाउने बताए । उनले खेलकुदका धेरै प्रकार भए पनि सबै खेलले मानिसलाई अनुशासनमा रहन र शारीरिक र मानसिक स्वास्थ्यको विकासमा समेत योगदान दिने धारणा राखे । डोरीतान खेल पनि स्वास्थ्यका लागि निकै महत्वपूर्ण भएको मेयर कोइरालाले चर्चा गरे ।

मोरङको बुढीगंगा गाउँपालिका प्रथम हुँदै ५१ हजार नगद जित्न सफल भएको छ । त्यस्तै मिक्लाजुङ गाउँपालिका दोस्रो भएको छ । दोस्रो हुनेले मिक्लाजुङलाई ३१ हजार रुपैयाँ प्रदान गरियो । महानगरका मेयर कोइराला, विराटनगर-३ का वडाध्यक्ष वासुबहादुर बस्नेत, ८ का वडाध्यक्ष राम पोखरेल, आयोजक समितिका अध्यक्ष रेशम थापामगरलगायतले विजेता टिमलाई नगद, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा नगद विराटनगर-३ का वडाध्यक्ष वासुबहादुर बस्नेत, ८ का वडाध्यक्ष राम पोखरेल, नेकपा एमालेका युवा नेता मुकेश बुढाथोकी, आयोजक समितिका उपाध्यक्ष- विश्वकान्त दाहाल, मोहन बुढाथोकीलगायतले मन्तव्य व्यक्त गरे ।

उक्त प्रतियोगितामा विजेता बुढीगंगा र उपविजेता मिक्लाजुङ गाउँपालिकासहित विराटनगर महानगरपालिका, ग्रामथान गाउँपालिका, बेलबारी नगरपालिका, सुन्दरहरैंचा नगरपालिका, कटहरी गाउँपालिका, सुनबर्षी नगरपालिका, केराबारी नगरपालिका र रंगेली नगरपालिकाका खेलाडीले प्रतिष्पर्धामा भाग लिएको प्रदेश १ डोरी तान संघका प्रशिक्षक तथा बुढीगंगा गाउँपालिका डोरी तान संघका कार्यवाहक अध्यक्ष जोसेफ घिमिरे जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्