हिमालय हलमा लाम्देङमा हेरिसकेपछि आँखाबाट आँसु झार्दै बाहिरे दर्शक

हिमालय हलमा लाम्देङमा हेरिसकेपछि आँखाबाट आँसु झार्दै बाहिरे दर्शक

प्रेम देवान
विराटनगर । लिम्बु संस्कार संस्कृतिमा आधारित सामाजिक परिवेशको झल्को दिलाउने चलचित्र ‘लाम्देङमा’(अधुरो जीवन) हेरिसकेपछि दर्शकहरु रुदै बाहिरे ।
विराटनगरको हिमालय टाकिजमा लाम्देङमा अर्थात (अधुरो जीवन ) फिल्म शनिबार विशेष प्रदर्शन गरिएको थियो । फिल्मका नायक देवेन्द्र लिम्बु स्वयम दर्शकसँग बसेर फिल्म हेरेका थिए ।


खगेन्द्र कुमार लिम्बुद्धारा निर्देशित नेपाली कथानक चलचित्र ‘अधुरो जीवन ’ लाम्देङमा मा लिम्बु सस्कारमा आधारित रहेको थियो । झन्डै ९० मिनेटको फिल्ममा लिम्बुहरुको थातथलो रहेको पहाडी भेगका कथावस्तु समेटिएको छ ।
लिम्बुहरुले बुहारी माग्नु जादाको सस्कार, पहिले पहिले आफुले मन पराएको केटीलाई चिठीपत्र लेखेर खबर आदानप्रदान गर्ने अनि गाँउमा मान्छे विरामी पर्दा धामीझाक्रीको विस्वास गर्नुपर्ने ।

वेलैमा अस्पताल पुर्याउन नपाउँदा अकालमा नै ज्यान गुमाउनु परेको अवस्थाले फिल्मीकी नायिकाको बेलैमा उपचार नहुदा मृत्युभएपछि फिल्म त्यही सकिन्छ । पालम गाएर भगाएकी यामनिङवालाई विहे भएको केहीदिनमा मृत्युभएपछि फिल्मको कथावस्तुले फिल्मको नाम अधुरो जिवनलाई भेट्छ । यही अपुरो कथा रहेको फिल्मलाई हेरिसकेपछि अधिकास दर्शकहरु त्यही वियोगका कथावस्तुमा भावुक हुन पुग्छन् । फिल्म हेरिसकेपछि भावुक हुदै विराटनगर ११ पिचरा निवासी सर्मिला देवान भन्छिन् ‘म त अन्तिममा हिरोनीको मृत्युले दुखित बनायो,‘ फिल्म सच्चिकै अपुरो जिवन नै रहेछ ।’ त्यस्तै विराटनगर १३ का डम्बर सुब्बाले पनि हिरोनी बेलैमा उपचार नपाएर मृत्यु हुनाले साह्ै दुख लाग्यो, ‘मनै खल्लो र अधुरो पो बनायो ।’
राजेन्द्र लुबुङ र जानुका श्रेष्ठ मगरले निर्माण गरेको फिल्ममा दिलिप फुरुम्बोले कथा लेखेका हुन् । विराटनगरमा रहेको किराँत याक्थुङ चुम्लुङ , किराँत राई यायोक्खा र किरात याक्खा छुम्माले सयुक्त रुपमा विशेष प्रदर्शनलाई सहयोग गरेको थियो । लाम्देङमामा यामनिङवा योङहाङ र देबेन्द्र चोङबाङको मुख्य अभिनय रहेको छ ।


त्यसैगरी मेघराज मगरातीको छायाँकन तथा सम्पादन रहेको चलचित्रमा टुपेन्द्र येक्तेन, सञ्चमाया वारुमहाङ लाबुङ, दिलिप फुरुम्बो, दिलु सुब्बा, राजेन्द्र लाबुङ, ललिता केदेम लाबुङ, कहरसिंह मगर, जानुका श्रेष्ठ मगर, फुलमाया लाबुङ, कल्पना लाबुङ, चन्द्र फुरुम्बो, लाजेमा वारुमहाङ, कमला लिङदेन, आकृति राई, बुद्धिमान पालुङवा, टंक पालुङवा, भुवन पालुङवा, छत्र पालुङवा, जगत पालुङवा, गणेश मगर, साजन फुरुम्बो, स्वीटी मगर, मन कुमार केरुङ, रोमी पालुङवा, सीता तुम्बाहाङफे र सुजन न्यौपानेले समेत अभिनय गरेका छन् ।दिलीप फुरुम्बो कथा तथा गीतमा दिलिप फुरुम्बो र मेघराज मगरातीको संगीत साथै दिलिप फुरुम्बो र मनु नेम्बाङको आवाज रहेको चलचित्रमा वल्ड वाईड इन्टरटेन्टमेन्ट कृएशन प्रा.लि.को पोष्ट प्रडक्सन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्