विराटनगर बरगाछी निवासी २१ वर्षीया निरौलाको अष्ट्रेलिया सिड्नीमा निधन

विराटनगर बरगाछी निवासी २१ वर्षीया निरौलाको अष्ट्रेलिया सिड्नीमा निधन

विराटनगर । विराटनगर बरगाछीकी सम्पदा निरौलाको अष्ट्रेलियाको सिड्नीमा दुर्घटनामा परेर मृत्यु भएको छ ।

अध्ययनका लागि सिड्नीमा रहेकी २१ वर्षीया निरौला गत पुस १४ गते (डिसेम्बर २९ साँझ) समुन्द्र तटमा पुगेको समयमा एक्कासी छालले बगाएर अचेत भएकी थिइन् ।

रिदम पोखरेलका अनुसार दिदीसँग अर्का साथी समेत थिए । सम्पदालाई बगाएपछि बचाउने प्रयास गर्दा उनी पनि बगेका थिए । घटनापछि तत्काल हेलिकप्टरले उद्धार गरेर अस्पताल भर्ना गरेको थियो । भर्ना गरिएकामध्ये उद्धारको प्रयास गर्ने साथी उपचारपछि आराम भएका छन्, तर सम्पदाको निधन भएको थियो ।

मृत्युपछि परिवारजनले शव नेपाल फर्काउन तत्काल प्रयास गरेको थियो । तर, सबै प्रक्रिया मिलाउन समय लागेपछि उतै अन्त्येष्टि गरिएको छ ।

आफन्तजनले उनको काजकिरीया भने पशुपतिमा गर्ने भएका छन् ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्