विराटनगरमा माघ १९ देखि २९ गतेसम्म सीएनआई कोशी एक्स्पो

विराटनगरमा माघ १९ देखि २९ गतेसम्म सीएनआई कोशी एक्स्पो

विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश १ ले आगामी माघ १९ गतेदेखि २८ गतेसम्म विराटनगर–२ मा आयोजना गर्न लागेको ‘सीएनआई कोशी एक्स्पो २०२३’ मा ३५० स्टल रहने भएका छन् ।

महोत्सवस्थलमा आवश्यक पर्ने संरचनासँगै प्रविधि र बिद्युत आपूर्तिको व्यवस्थापनको काम धमाधम सुरु गरिएको छ ।

सिएनआई प्रदेश १ का निर्देशक विजयहरी शर्माका अनुसार महोत्सवमा अन्तराष्ट्रियस्तरको कृषि एवं औद्योगिक प्रविधि र वस्तुहरुको प्रदर्शनी गरिने छ । प्रदर्शनीस्थलमा कारोबार योग्य वस्तुहरुलाई अलग–अलग पेभिलियनमा राखिने भएको छ ।

औद्योगिक उत्पादन, अटो, व्यापार, घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय उत्पादनका सामाग्री राखिने भएको छ । त्यस बाहेक मेलास्थलमा साँस्कृतिक कार्यक्रमसँगै सौर्य मण्डल अवलोकन गर्ने अवसर समेत दिईने भएको छ ।

संस्थागत र व्यक्तिगत फर्मले स्टल बुक गरिरहेको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्