धनकुटाबाट विराटनगर आईपुग्छ गाँजा, एकैदिन छ जनासहित ९० केजी बरामद

<span class='c1'>धनकुटाबाट विराटनगर आईपुग्छ गाँजा, एकैदिन</span> <span class='c2'>छ जनासहित ९० केजी बरामद</span>

विराटनगर । धनकुटामा उत्पादन भएको गाँजा कोशी राजमार्गको बाटो भएर विराटनगर आउने गरेको छ । सवारीका चालक तथा सहचालकसँगको सेटिङमा विभिन्न कृषिजन्य वस्तु बिक्रीका लागि ल्याउँदा त्यसैमा लुकाएर गाँजा ल्याउने गरिएको हो ।

प्रहरीले लागुऔषध ९० किलोग्राम १०० ग्राम गाँजासहित छ जनालाई दुई जिल्लाबाट पक्राउ गर्दा गाँजा उत्पादन भएको स्थान र गाँजा आएको जिल्ला एकै रहेको छ ।

धनकुटाको शहिदभूमि गाउँपालिकामा उत्पादन भएको गाँजा लिएर आउने क्रममा ४० केजी बसबाट र विराटनगर बसपार्कमा आईसकेको ५० केजी बरामद भएको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नविनराज राईका अनुसार धनकुटा र मोरङमा छ जना व्यक्ति र ९० केजी गाँजा नियन्त्रणमा लिइएको छ । धनकुटाबाट धरानतर्फ आउँदै गरेको को १ ख २८३३ नम्बरको यात्रुबहाक बसलाई धनकुटाको साँगुरीगढी गाउँपालिका–१ उखुडाँडामा चकेजाँच गर्दा बसको हुट र डिकीमा शनिबार ४० किलोग्राम गाँजा बरामद भएको थियो ।

त्यस क्रममा गाँजा लिएर आउँदै गरेका धनकुटा शहिदभूमी गाउँपालिका–१ का ३२ वर्षीय सुरज राई, २२ वर्षीय सुरेश राईलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक राईले जानकारी दिनुभयो । गाँजा ओसारपसारमा सहयोग गरेको खुलेपछि बसका चालक मोरङ सुन्दरहरैंचा नगरपालिका–५ का ५१ वर्षीय रुद्रबहादुर तामाङ। सहचालक शहिदभूमि गाउँपालिका–७ का ४३ वर्षीय फत्तेमान राई र चौबिसे गाउँपालिका–५ धनकुटाका २९ वर्षीय सुरेन्द्र देवानलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरु विरुद्ध जिल्ला प्रहरी कार्यालय धनकुटाबाट अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिइएको छ ।

यसैगरी धनकुटामा गाँजासहित पक्राउ परेका समूहको बयानका आधारमा शनिबार साँझ नै विराटनगर–११ स्थित बसपार्कबाट ५० किलोग्राम गाँजासहित शहिदभूमी गाउँपालिका–४ का ४४ वर्षीय यज्ञप्रसाद राईलाई प्रहरीले पक्राउ गरेको छ । राईले तीनवटा बोरामा रायो साग र तेजपत्तामा लुकाएर ल्याएको गाँजासहित प्रहरीले पक्राउ गरेको थियो । राई विरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्