विराटनगरका अस्पतालमा उत्पादन हुने संक्रमित फोहोर व्यवस्थापन अध्ययनका लागि समिति गठन

<span class='c1'>विराटनगरका अस्पतालमा उत्पादन हुने संक्रमित फोहोर</span> <span class='c2'>व्यवस्थापन अध्ययनका लागि समिति गठन</span>

विराटनगर । विराटनगर महानगरपालिकाले अस्पतालबाट निस्कने संक्रमित फोहोरको दिर्घकालीन व्यवस्थापनका लागि अध्ययन गर्न समिति गठन गरेको छ । निजी अस्पतालसँगको छलफलपछि अस्पतालजन्य फोहोरजन्य वस्तु व्यवस्थापनका लागि अध्ययन गर्न समिति गठन गरिएको हो ।

महानगरका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला र सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतको उपस्थितिमा निजी अस्पतालहरूको छाता संगठन अफिन, विराटनगरमा सञ्चालित मेडिकल कलेज, अस्पताल, नर्सिङहोम, ल्याब, पोलिक्लिनिक, मेडिकललगायतका प्रतिनिधिहरूको भेलाले समिति गठन गरेको हो । महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

समितिमा प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयका स्वास्थ्य अधिकृत, विराटनगर महानगरपालिकाको सरसफाई व्यवस्थापन शाखा प्रमुख पुनम दाहाल, सरकारी अस्पताल, निजी अस्पताल (अफिन), नोवेल, विराट मेडिकल, पोलिक्लिनिक, ल्याब, फोहोर व्यवस्थापन साझेदार संस्था र फार्मेसीका एक–एक प्रतिनिधि सदस्य रहेका छन् ।

समितिले जमिन, प्रविधि, फोहोरको मात्रा, सञ्चालन व्यवस्थापनलगायतका विषयमा अध्ययन गरी माघ मसान्तभित्र प्रतिवेदन बुझाउने कार्यदेश पाएको छ । प्रतिवेदन कार्यान्वयनका लागि महानगरले सबै किसिमको सहयोग गर्ने प्रमुख कोइरालाले प्रतिबद्धता जनाउनुभयो ।
छलफलमा महानगरभित्र सञ्चालित सबै अस्पताल परिसरभन्दा बाहिर पनि सफा राख्न र पर्खालहरूमा रंगरोगन गर्न अस्पताल सञ्चालक सहमत भएका छन् । यसैगरी अस्पतालहरूले महानगरलाई बुझाउनुपर्ने सबै प्रकारका स्थानीय कर नियमित बुझाउन तयार रहेको अफिनका अध्यक्ष डा. शंकरप्रसाद अधिकारीले बताउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्