विराटनगरको इस्टर्न कलेज अफ इन्जिनियरिङमा भर्ना खुल्ला

विराटनगरको इस्टर्न कलेज अफ इन्जिनियरिङमा भर्ना खुल्ला

विराटनगर । विराटनगर-२ राधाकृष्ण मार्गमा रहेको कलेज अफ इन्जिनियरिङमा भर्ना खुल्ला भएको छ ।

पूर्वाञ्चल विश्व विद्यालयबाट सम्बन्धन पाएर दुई दशकदेखि अनुभवी एवम् दक्ष प्रध्यापकहरुबाट पठनपाठन गरेको कारणले इस्टर्न कलेज अफ इन्जिनियरिङले भर्ना खुल्ला गरेको हो ।

अनुशासित वातावरणमा पढाइ र अतिरिक्त क्रियाकलापका कारण इस्टर्न कलेज अफ इन्जिनियरिङ विद्यार्थी र अभिभावको रोजाइको पहिलो गन्तब्य बन्दै गएको छ । अनुसाशित र दक्ष प्राध्यापकहरूबाट गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले यस कलेजमा विद्यार्थीको आकर्षण बढेको इस्टर्न कलेज अफ इन्जिनियरिङका प्रिन्सिपल इन्जिनियर अमित सुरानाले बताएका छन् । विद्यार्थीले सिकेको ज्ञान अत्याधुनिक सुविधा सम्पन्न प्रयोगशालामा अभ्यास गर्ने गरेका छन् ।

शान्त र सुरम्य वातावरणमा निर्धक्ताका साथ पठनपाठन हुने यस कलेजको भौतिक पूर्वाधार सुविधायुक्त रहेको छ । फराकिलो खेलमैदान, सुविधायुक्त कक्षा कोठाहरू भएको अत्याधुनिक सुविधासम्पन्न भवन, प्रयोगशाला,लाइब्रेरी विद्यार्थीहरूको लागि उपलब्ध छन् । जहाँ सुरिक्षत तवरले शान्त वातावरणमा विद्यार्थीले अध्ययन गर्न पाउँछन् ।

समग्रमा,विद्यार्थीहरूको सर्वोपरि विकास तथा प्रगतिका लागि आवश्यक पर्ने सम्पुर्ण पूर्वाधारहरूको व्यवस्थापनमा कलेजले कुनै सम्झौता गरेको छैन । कलेजले पढाईका अलावा अतिरिक्त क्रियाकलापमा समेत राम्रो सफलता हाँसिल गर्दै आएको छ । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले विद्यार्थी र अभिभावको मन जितेको कलेजले प्रत्येक वर्ष दक्ष जनशक्ति उत्पादन गर्ने गरेको छ । विद्यार्थीहरूको सुविधाका निम्ति फराकिला, फर्निचर तथा अत्याधुनिक उपकरण जडित कक्षा कोठाहरू, सुविधासम्पन्न प्रयोगशालाहरू छन् । यस कलेजले विद्यार्थीहरुको सिप विकासको लागि फिल्ड एक्सपोजर र आन जब ट्रेनिङ्गको माध्यमबाट इन्टर्नसिपको व्यवस्था गरेको छ । जसबाट विद्यार्थीहरुले राम्रो इम्प्लोमेन्टको अवसर पाएका छन् । यस कलेजबाट उत्पादित जनशक्ति देश र विदेशको विभिन्न ठाउँमा कार्यरत रहेका छन् । यस कलेजले स्नातक तहको सिभिल इन्जिनियरिङ्ग, कम्प्युटर इन्जिनियरिङ्ग तथा इलेक्ट्रोनिक्स कम्यूनिकेशन र आटोमेशन इन्जिनियरिङ्गमा विगत लामो समयदेखि दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको छ । हालै उक्त तीनैवटा कार्यक्रममा भर्ना भइरहेको यस कलेजका प्रिन्सिपल इन्जिनियर सुरानाले बताए ।

सीमित कोटामा भर्ना खुल्यो

बीइ सिभिल इन्जिनियरिङ,बीइ कम्प्युटर इन्जिनियरिङ , बिइ इलेक्ट्रोनिक्स कम्यूनिकेशन र आटोमेशन इन्जिनियरिङ्गमा कार्यक्रम संचालनमा रहेको छ । यी कार्यक्रममा अहिले भर्ना खुलेको प्रिन्सिपल सुरनाले बताए । ‘सिमित कोटाको लागि अहिले भर्ना खुलेको छ । भर्ना हुने विद्यार्थीहरुको लागि आवेदन फाराम अनलाइनबाट पनि लिन सकिन्छ,’ उनले भने, ‘ अन्तिम मिति सामान्य दस्तुरमा माघ ७ गते र विलम्ब शुल्क लिई माघ ९ गतेसम्म कायम गरिएको र प्रवेश परीक्षा माघ १४ गते शनिबार रहेको छ ।’ प्रवेश परीक्षामा उत्तीर्ण हुने विद्यार्थी भर्ना हुने उनले बताए ।

इस्टर्न कलेज अफ इन्जिनियरिङ विराटनगर तथा पानीपत इन्टिच्युट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी, भारतसँग विभिन्न विधामा स्तरोन्नतिको लागि हालै एमओयू गरिएको छ । एमओयूमा इस्टर्न कलेज अफ इन्जिनियरिङ विराटनगरको तर्फबाट प्रिन्सिपल अमित सुराना तथा पानीपत इन्टिच्युट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी, भारको तर्फबाट डाइरेक्टर डा. शक्ति कुमारले हस्ताक्षर गरि कार्यान्वयन गरेको छ । उक्त कलेजले विभिन्न विधामा समय समयमा टेक्निकल सेमिनार तथा वर्कसपको आयोजना पनि गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्