कोशी एक्स्पोमा ‘सौर्यमण्डल’ अवलोकनको अवसर

कोशी एक्स्पोमा ‘सौर्यमण्डल’ अवलोकनको अवसर

विराटनगर । सीएनआई कोसी एक्स्पो २०७९ लाई रोचक र ज्ञानवद्र्धक बनाउने उदेश्यका साथ सौर्यमण्डलको अनुभव दिलाउन ‘प्लानेटेरियम’ राखिने भएको छ ।

विभिन्न उमेर समुहका अवलोकनकर्ताहरुलाई लक्षित गर्दै सौर्यमण्डल अवलोकन गर्न पाइने व्यवस्था मिलाउन लागिएको एक्स्पोकी सह–संयोजक गिरिजा सारडाले जानकारी दिइन् । सौर्यमण्डलबारे आवश्यक जानकारी दिन र अवलोकनकर्ताहरुलाई त्यसको अनुभव गराउन ‘प्लानेटेरियम’ अर्थात सौर्यमण्डलको कक्ष निर्माण गरिने उनले बताइन् ।

विशेष किसिमको क्षेत्रभित्र उक्त सौर्यमण्डल अवलोकनको व्यवस्था गराइने छ । उनले अन्तरिक्षमा भएका ग्रहहरु र तारामण्डलको बनावट र त्यसको चक्रबारे सवैले जानकारी पाउनसक्ने बताइन् ।

सानो उमेर समुहलाई १५ मिनेट र ठुलोलाई २५ मिनेटसम्मको समयमा सौर्यमण्डल अवलोकन गराइने छ । सीएनआईले विद्यालय र कलेजहरुमा अध्ययनरत विद्यार्थीहरुको चौतर्फी बौद्धिक विकासका लागि हिसान र प्याब्सनसँगको सहकार्यमा सौर्यमण्डलको अवलोकनलाई प्राथमिकताका साथ एक्स्पोमा समेटिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्