फारोह र मंगोलियन हर्ट ब्याण्डले एक्स्पोमा दर्शक तताउने

फारोह र मंगोलियन हर्ट ब्याण्डले एक्स्पोमा दर्शक तताउने

विराटनगर । विराटनगरमा माघ १९ गतेदेखि सुरु हुने कोशी एक्स्पोमा नेपालकै चर्चित ब्याण्डहरुले प्रस्तुति दिने भएका छन् ।

गायक सविन राई तथा उनको फारोह ब्याण्ड र राजु लामाको मंगोलियन हर्ट ब्याण्डले दर्शकहरु तताउने भएका हुन् । सविन र राजुबाहेक पनि थप चर्चित कलाकारहरु एक्स्पोमा प्रस्तुति दिनका अनुबन्धित भइसकेका छन् ।

एक्स्पो आयोजक समितिका अनुसार हालसम्म एकदेव लिम्बु, नितेश जंग कु“वर र उनको ब्याण्ड, समिर श्रेष्ठ, आशिष गुभाजुको अकोष्ट्रिक सोलो प्रस्तुति र अनुप्रस्थ ब्याण्डको प्रस्तुति रहने निश्चित भइसकेको छ । एक्स्पोलाई भव्य बनाउने उदेश्यका साथ हरेक दिन चर्चित कलाकारहरुले स्टेजमा गीत संगीतका माध्यमबाट दर्शकहरुलाई मनोञ्जन प्रदान गर्ने सीएनआई प्रदेश १ का महानिर्देशक विजयहरि शर्माले बताए ।

मोरङ व्यापार संघ, घरेलु तथा साना उद्योग महासंघ मोरङ, विराट नर्सिङ कलेज, चिकित्सक संघ, हिसान, प्याब्सन, नेपाल नर्सिङ एशोसिएशन, अटोमोबाइल्स एसोसिएशन, इन्स्योर परियोजना, स्वीस कन्ट्याक्ट, एनवीक्यूएस लगायतका संघसंस्था तथा निकायहरुले एक्स्पो सफल बनाउनका लागि सहकार्य गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्