प्रदेशसभा बैठक बस्ने अझै टुंगो छैन

<span class='c1'>प्रदेशसभा बैठक बस्ने</span> <span class='c2'>अझै टुंगो छैन</span>

विराटनगर । प्रदेश १ मा अघिल्लो शनिवार उपसभामुख निर्वाचन सम्पन्न भएसँगै अर्को सूचना जारी भएसम्मका लागि स्थगित भएको प्रदेशसभा कहिले बस्ने भन्ने कुनै टुंगो छैन । नयाँ सरकारले प्रदेशको नाम राख्न सक्ला त ? भन्ने चौतर्फी चासोको विषय रहेको छ । यसै बीच प्रदेश १ सरकारले चौथो मुख्यमन्त्रीका रुपमा हिक्मतकुमार कार्कीलाइ पाएको छ । भने, सभामुख र उपसभामुख पनि चयन गरिसकेको छ ।

सभामुखमा ओखलढुंगाका बाबुराम गौतम र उपसभामुखमा उदयपुरकी सिर्जना दनुवार निर्वाचित भएकी छिन् । नयाँ बनेको सरकारले अघिल्लो सरकारले छोडेका काम सहित केही नयाँ कामको सुरुवात गर्नुपर्ने चुनौती रहेको छ । भने, प्रदेशसभाले विभिन्न ७ वटा विषयगत समिति निर्माण गर्नुपर्ने छ । अघिल्लो प्रदेशसभाले विषयगत समिति निर्माण गर्न करिब १ वर्ष लगाएको थियो । यसै चुनौतीका वीच अझै प्रदेशसभा बैठक कहिले बस्ने भन्ने टुंगो छैन ।

अझै टुंगो छैन
माघ २० गते भन्दा यता प्रदेशसभाको बैठक आव्हान हुने सम्भावना कम रहेको प्रदेशसभा सभामुख बाबुराम गौतम बताउछन् । नयाँ सरकार रहेकाले संसदलाई बिजनेस दिनका लागि पनि सरकारले केही तयारी रहेको बताउदै उनले यसको विषयमा दलहरुसँग छलफल भइरहेको बताए । यता, प्रदेशसभाका सचिव गोपाल पराजुलीले केही दिनमा प्रदेशसभा बोलाउने बारे सूचना जारी हुने उनले बताए ।

गत पुस २५ गते ग हिक्मतकुमार कार्कीको नेतृत्वमा प्रदेश सरकार गठन भएको हो । जसमा एमालेका तिलकुमार मेन्याङ्बो खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालय, माओवादीका दुर्गाप्रसाद चापागाईलाई सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, राप्रपाका भक्ति सिटौलालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालय, माओवादीका जीवन आचार्यलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय, एमालेका बुद्धिकुमार राजभण्डारीलाई सामाजिक विकास र जसपाकी निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्रालय जिम्मा दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्