विराटनगरबाट म्याच फिक्सिङको आरोपमा पूर्वक्रिकेटर मेहबुब आलम पक्राउ

<span class='c1'>विराटनगरबाट म्याच फिक्सिङको आरोपमा</span> <span class='c2'>पूर्वक्रिकेटर मेहबुब आलम पक्राउ</span>

विराटनगर । नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरुलाई सोमबार विहान राजविराज र विराटनगरबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले बताएको छ।

त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म नेपाल टी–२० लिग भएको थियो। त्यहाँ म्याच फिक्सिङ र स्पट फिक्सिङ गरी सट्टेबाज गरेको आरोपमा सिआइवीले छानबिन समिति नै बनाएर अनुसन्धान गरिरहेको थियो ।

आलम नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउण्डर हुन्। उनको नाममा एकैखेलमा १० विकेट लिएको कीर्तिमानी छ।

पक्राउ परेका अन्सारीले गत जेठमा मात्रै अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए।

उक्त प्रतियोगितामा ५६ नेपाली र ३४ जना विदेशी खेलाडी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्