कर्मचारीलाई बलियो बनाएको खण्डमा देश बलियो बन्छ : प्रदेश प्रमुख खापुङ

कर्मचारीलाई बलियो बनाएको खण्डमा देश बलियो बन्छ : प्रदेश प्रमुख खापुङ

विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले कर्मचारीलाई बलियो बनाएको खण्डमा देश बलियो बन्ने बताएका छन् ।

प्रदेश लोक सेवा आयोथको तेश्रो वार्षिक उत्सव कायर्कक्रममा सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले उनले कर्मचारीलाई बलियो बनाएको खण्डामा देश बलियो बन्ने र लोक सेवाले बलियो कर्मचारीलाई उत्पादन गर्न सक्ने बताएका हुन् । प्रदेश लोक सेवा आयोग संघीयताको मूल मर्मलाई आत्मसाथ गर्ने महत्पूर्ण आंग रहेको समेत बताए । ‘विधि र शासनको कुरा गर्ने हो भने हामीसबैले सुनेको बुझेको लोकतन्त्रलाई बलियो बनाउन संघीयता गण्तन्त्रलाई बलियो बनाउन , स्वच्छ, सबल प्रशान बनाउन लोक सेवाको भूमिका नेपालको इतिहासमा हेर्ने हो भने ठूलो प्रतिष्ठा छ । ’ उनले भने ।

लोकसेवा आयोग प्रति नेपाली जनताको विश्वास रहेको बताउदै उनले त्यसको अस्तित्वलाई कायम राख्न प्रदेश १ले वार्षिक उत्सव मनाइरहँदा त्यो विश्वसनियता कायम गरेको आफूले महसुस गरेको बताए । लोकसेवा आयोले सबै खालका विषयमा आफूलाई प्रदेश प्रमुखको हैसियतले जानकारी गराउदै आएको बताए । प्रदेश प्रमुख खापुङले नेपालको संविधानले व्यवस्था गरे अनुसार सविंधानको मूल मन्त्रलाई साकार बनाउनका निमित्त सक्षम , कार्यक्षमता भएको कर्मचारी आपूर्ती गर्न लोकसेवाको भर परेको हुँदा कर्मचारी तन्त्र कम्जोर भयो भने सबै तिर अपेक्षित परिणाम आउन नसक्ने बताउदै उनले त्यसमा सबै सचेत रहन समेत आग्रह गरे ।

यस्तै प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चुनौतीहरुसँगै अगाडी बढ्ने तयारीका साथ प्रदेश संरचनालाई जनताले देख्न सक्ने बनाउने तयरीमा जुटेको बताएका छन् । उनले यो चुनौतीको विषय पनि रहेकाले यसलाई सामना गर्दै अवसरमा परिणत गर्न सक्ने विश्वास आफूले लिएको बताएका छन् । उनले सबैको सुझाव, सल्लाह र आलोचनाको समेत अपेक्षा रहेको बताउदै मुख्यमन्त्री कार्कीले प्रदेश संरचना प्रति मान्छेको बुझाई बेग्दै रहेको बताए । कतिपय सत्यकुरामा आधिरित कुराहरु जनतालाई जवाफ दिनुपर्ने बताउदै उनले त्यसको जवाफ दिनुपर्नेमा जोड दिए ।

प्रदेश संरचनालाई केन्द्रले सौतेनी व्यवहार गरेको समेत बताए । यस्तै कार्यक्रममा मुख्यमन्त्री कार्यालयका निमित्त प्रमुख सचिव किश्वर चौधरीले पनि आफ्ना धारणा राखेका थिए । भने, सोही कार्यक्रममा प्रदेश लोक सेवा आयोगको स्मारीका समेत लोकार्पण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्