एउटै घानमा विराटनगरका दुईजना वरिष्ठ डाक्टर ज्ञानेन्द्र गिरी र ज्ञानेन्द्रमानसिंह कार्की

एउटै घानमा विराटनगरका दुईजना वरिष्ठ डाक्टर ज्ञानेन्द्र गिरी र  ज्ञानेन्द्रमानसिंह कार्की

विराटनगर । विराटनगरका दुई वरिष्ठ चिकित्सक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एउटै घानमा मुसिएका छन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई भ्रष्टाचार विरुद्ध मुद्दा दायर गरेसँगै उनलाई जोगाउन मतियार बनेको आरोपमा डा.कार्की विरुद्ध पनि मुद्दा दर्ता भएको हो ।

विराट मेडिकल कलेजका सञ्चालक ज्ञानेन्द्रमानसिंह कार्कीलाई पनि भ्रष्टाचार विरुद्ध मुद्दा दायर भएको छ । दुवैजना विरुद्ध सोमबार अदालतमा मुद्दा दायर गरेको हो । आयोगको अभियोगपत्र अनुसार गिरीले पदीय मर्यादा विपरीतको उजुरी परेको र सोही अनुसार अनुसन्धान हुँदा गिरीले आधिकारिक निकायबाट पदको दुरुपयोग गरेको दाबी सहित उनी विरुद्ध अदालतमा मुद्दा दायर भएको हो । यता कार्र्की विरुद्ध भने गिरीलाई सहयोग गरेको भन्दै मतियारको रुपमा अख्तियारले मुद्दा दायर गरेको हो ।

‘वी.पी कोइराला स्वास्थ्य विज्ञानप्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले नपाएको ओहोदा पाए भनी पदीय मर्यादा विपरीत कार्य गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धना हुँदा डा.ज्ञानेन्द्र गिरीले वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको उपकुलपति जस्तो पदमा नियुक्ति भइसकेपछि नियमित काम गर्ने क्रममा अरुले विश्वास गरोस् भनी बदनियतसाथ कुनै पनि आधिकारीक निकायबाट प्राप्त नगरेको नपाएको ओहदा पाएँ भनी अरुले विश्वास गर्ने गरी प्रोफेसर पद प्रयोग गरेको देखिएको र निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर भएकोले निज ज्ञानेन्द्र गिरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुरमा सोही ऐनको दफा १५ बमोजिम सजाय हुन र सोही ऐनको दफा २४ बमोजिमको थप सजाय समेतको माग दावी लिइएको छ,’

‘मतियारको भूमिका रहेको देखिएको हुनाले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुरमा सोही ऐनको दफा २२ बमोजिमको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवम् भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ,’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्