विराटनगर । विराटनगरमा विद्यालय स्तरीय चित्रकला तथा कला संस्कृति प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । श्री, श्री रविशंकर विद्यामन्दिर विद्यालयको आयोजना तथा विराटनगर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाको समन्वयमा विद्यालयको प्राङगण तीनपैनीमा प्रतियोगिता सम्पन्न भएको हो ।
आधारभुत तह १–५सम्मको प्रतियोगितामा क्रमशःप्रिती पण्डित गोग्राहा, रोदम दाहाल पोलस्टार, वृद्ध कर्ण अरनिको, प्रेरणा पण्डित डीपीएस, आकृती शर्मा पोलस्टार, जेनिशा चौधरी पोखरीया र विनय चौधरी मिल्स माविबाट उत्कृष्ट भई विजेता भएका थिए ।
त्यसैगरी कक्षा ६–८ सम्मको प्रतियोगितामा जय सिंह राधा कृष्ण स्कुल, राजिया परविन र सलमा खातुन ग्रीन पिस एकेडेमी, श्रेया मोदी अरिहन्त स्कुल, निशिता सुराना डीपीएस स्कुलकाबाट उत्कृष्ट भएका थिए । प्रतियोगितामा उत्कृष्ट भएका सबै विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
चित्रकला प्रतियोगिताको निर्णायक मण्डल ललित कला संगमका अध्यक्ष जेपी चौधरी, कलाकार मिठु राय रहेका थिए । चित्रकला तथा कला प्रदर्शनी प्रतियोगितामा ४२ विद्यालयको सहभागिता रहेको स्कुलले जनाएको छ । जसमा २२ सामुदायिक र २० सस्थागत विद्यालयबाट एक सय ३५ जना विद्यार्थीहरुले सहभागिता रहेको थियो ।
कार्यक्रमको सभापति विद्यालयकी प्रिन्सीपल सिमाअग्रवाल, प्रमुखअतिथि विराटनगर महानगरका शैक्षिक प्रशासन महाशाखाका प्रमुख दुर्गा प्रसाद खतिवडा,विशिष्ट अतिथि वडा नम्बर २ का अध्यक्ष कुमार पोखरेल,शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराई,द आर्ट अफ लिभिङ्गका स्वामी पुर्ण तेज जीको उपस्थिति रहेको थियो। उक्त कार्यक्रम ग्यालेक्सी स्कुलका प्रिन्सिपल अशोक लामाले संचालन गरेका थिए।