प्रहरी प्रमुख ज्ञवालीद्धारा प्रहरी कर्मचारीलाई चुस्त, दुरुस्त बनाई अभिलेखिकरण गर्दै लैजान निर्देशन

प्रहरी प्रमुख ज्ञवालीद्धारा प्रहरी कर्मचारीलाई चुस्त, दुरुस्त बनाई अभिलेखिकरण गर्दै लैजान निर्देशन

विराटनगर । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई अभिलेखिकरण गर्दै लैजान निर्देशन दिएका छन् ।

प्रहरी प्रमुख ज्ञवालीले जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमणका क्रममा कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्र्दै कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई अभिलेखिकरण गर्दै लैजाने तथा आ–आफनो जिम्मेवार एरिया ईलाकाहरुमा प्रहरी परिचालन गरी शान्ति सुरक्षा, अपराध नियन्त्रण कार्यमा खटिन निर्देशन दिँदै प्रहरी प्रमुख ज्ञवालीले खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाउन साथै भारतिय काउण्टर पार्टससंग समेत समन्वय गरी सुरक्षा ब्यवस्थालाई मजवुद बनाउनुका साथै आम सेवाग्राहीसँग समान व्यवहार गरी प्रहरी संठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न निर्देशन दिए ।

तस्बिर:१ नम्बर प्रदेश प्रहरी कार्यालय,विराटनगरको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्