विराटनगरस्थित खाद्य प्रविधिको प्रयोगशालालाई एनएबीएलको मान्यता

विराटनगरस्थित खाद्य प्रविधिको प्रयोगशालालाई एनएबीएलको मान्यता

विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको प्रयोगशालालाई भारतको एनएबीएल (नेशनल एक्रिडिटेशन बोर्ड फर टेस्टिङ्ग एण्ड क्यालिब्रेशन ल्याब्रोटोरी) ले मान्यता सूचिमा राखेको छ ।

प्रयोगशामा परीक्षण गरिएका सात समूहका खाद्यवस्तुका २३ पारामिटरलाई एनएबीएललेम मान्यता दिदैं प्रमाणित गरेको हो ।
एनएबीएल भारत सरकारको विज्ञान तथा प्रौद्योगिक विभाग अन्तर्गत रहेको स्वायत्त निकायको हो । भारत तथा अन्तराष्ट्रियस्तरका वस्तु आयात–निर्यातका लागि आवश्यक जाँच गर्ने गर्दछ ।

एनएबीएलको मान्यता पाएसँगै नेपालबाट निर्यात हुने वस्तुको प्रयोगशाला परीक्षण प्रतिवेदन भारतका निकायले स्वीकार गर्ने भएका हुन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालका अनुसार एनबीएलले स्पाईसेस, अदुवा, अलैंची, पानजिरा, धनिया, ल्वाङ्ग र मरिच, चिया–कफी, खाद्यन्न तथा खाद्य उत्पादन, मह, घ्यू–तेल, फलफुल तथा तरकारी र दूध निर्यातका क्रममा गरिने प्रशोगशाला परीक्षणलाई मान्यता दिएको छ ।

मान्यता दिएसँगै खाद्यको प्रयोगशालालाई दुईवर्षसम्मको सर्टिफाइड ल्याबको प्रमाणपत्र दिने भएको छ । प्रमुख रिजालका अनुसार यहाँ परीक्षण गरेर पठाइएका वस्तुसँग २३ पारामिटरको सहि विश्लेषण देखिएपछि प्रमाणित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्