नौ महिना अगाडी हराएको श्रीमान खोज्दै विराटनगरकी ‘सरस्वती ’

नौ महिना अगाडी हराएको श्रीमान खोज्दै विराटनगरकी ‘सरस्वती ’

विराटनगर । भनिन्छ प्रेमको कुनै आकार हुँदैन, सिमा र जात हुँदैन । नत, कुनै उमेर नै हुन्छ । प्रेममा त्याग समर्पण र बलिदान हुन्छ । यस्तै वृहत प्रेमको परिभाषा झैँ १५ वर्ष अगाडी पूर्णबहादुर मगर र सरस्वती मगर एकअर्का वीच गहिरो प्रेममा परे । कानेपोखरी घर भएको ३५ वर्षिय पूर्णबहादुर र सुन्दरहरैँचा (हाल विराटनगर–१२) घर भएकी ४० वर्षिया सरस्वतीको पहिलो भेट विराटनगर–११ जनपथ टोलमा भएको थियो । त्यो समय सरस्वतीकी बहिनीको होटलमा पूर्णबहादुर खाना खान आइरहन्थे ।

त्यही समय दुईजना वीच सामान्य बोलचाल हुँदै सुरु भएको सम्बन्ध प्रेममा परिण भएको थियो । विस्तारै झाङ्गिदै गएको प्रेम सम्बन्ध ६ महिना पछि विवाहमा बदलिएको सरस्वतीले सनाइन् । उनको श्रीमान ड्राइभिङ गर्छन् । भने उनी मोरङ सहकारी अस्पतालमा कार्यरत छिन् । उमेरले नछेकेको उनीहरुको प्रेमसम्बन्ध र वैवाहिक यात्राले १५ वसन्त पार गरिसकेको छ । जीवनका दुःखसुख पूर्णबहादुरसँगै विताउने निधो गरेर परिवारको खुशी विपरित विवाह गरेकी सरस्वतीका लागि अहिले प्रेमका लगि गरेको बलिदान, समर्पण कहाँ पोखौ, कसलाई भनौँ झैँ भएको छ । उनीहरुको एक छोरी पनि छिन् । विवाहपछि कहिले पूर्णकुमारले दिएको दुख त कहिले सुखका अनुभूतिहरु संगाल्दै घरगृहस्थ सम्हालेर अगाडी बढीरहेकी सरस्वती यतिबेला एउटा पाङग्रा खुस्किएको रथ झैँ बनेकी छिन् । अर्थात उनको श्रीमानले बैशाख अन्तिम तिर उनीसँगै छोरीलाई एक्लै छोडेर घरबाट निस्किएको अहिलेसम्म फर्किएर आएका छैनन् । आज, आउला भोली आउला भन्ने आशमा उनका दिन र रातहरु वित्ने गर्छन ।

श्रीमान आउलाकी भन्दै बाटो हेर्ने उनको आँखा कहिल अनिन्दो हुन्छन् । भने, बाटो सँधै रित्तो नै हुन्छ । ‘वैशाख अन्तिममा हो, दुध लिएर आउछु भनेर ४ बजे घरबाट निस्कनुभएको श्रीमान अहिलेसम्म फर्किएर आउुनभएको छैन,’ उनले आवर विराटनगरसँग सुनाइन्।‘आज आउनुहुन्छ भोलि आनुहुन्छ भन्दाभन्दै दिनहरु यसै वितेर गयो । तर, फर्किएर आउनुभएन ।’ आँखा चिम्लिएर भरोसा गरेको श्रीमानलाई कहिल्यै गलत तरिकाले प्रश्न सोध्ने आँट पनि नगरेको बताउने उनी श्रीमान धेरै जस्तो मोबाइल चलाइरहने र त्यो समय छेउमा जाँदा झर्किने स्वभाव भएको उनले बताइन् । तर, कोही सँग प्रेममा परेको हो भनौ भने शंकाले आफूले कहिल्यै नहेरको समेत उनी सुनाउछिन् ।‘उहाँ खाली मोबाइल चलाइरहनुुहुन्थ्यो, छेउमा जाँदा झर्किनुहन्थ्यो,’उनी भन्छिन्,‘ कोहीसँग प्रेममा परेको हो भनौँ भने मैले कहिल्यै श्रीमानलाई शंकाको नजरले पनि हेरिन ।’

उनी श्रीमानको खोजिमा धेरै ठाँउ भौतारि सकिन् । कहिले श्रमानको साथीहरु भए ठाँउ खोज्दै पुग्छिन् तर, कहाँ गएको हो को सँग गएको अहिलेसम्म केही पत्तो नपाएको उनले बताइन् । घरबाट निस्किदाको समय कुनै विवाद नै नभएको बताउने उनी बरु कहिलेकाहीँ आफूलाई उमेरले जेठी भएको भन्दै मानसिक दवाव दिने गरेको उनी सुनाउछिन् ।

अब प्रहरी समक्ष खोजतलासका लगि निवेदन दिने तयारी रहेको समेत उनले सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्