विराटनगरमा एउटै अटोबाट ४५५ लिटर मदिरा बरामद, तीनजना पक्राउ

<span class='c1'>विराटनगरमा एउटै अटोबाट ४५५ लिटर</span> <span class='c2'>मदिरा बरामद, तीनजना पक्राउ</span>

विराटनगर । प्रहरीले विराटनगर–१९ बाट एउटा अटोमा लोड गरेर ल्याउँदै गरेको ४५५ लिटर घरेलु मदिरासहित तीनजनालाई पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी घिनाघाटको टोलिले विराटनगरतर्फ ल्याउँदै गरेको घरेलु मदिरासहित तीनजनालाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार को १ ह १८६९ नम्बरको अटोमा मदिरा लिएर आउँदै गरेका विराटनगर–५ का दिपेन्द्र अमात्य, बेलबारी नगरपालिका ११ निवासी सुनिता राई र शोभा राईलाई पक्राउ गरेको छ । बरामद मदिराको विषयमा आवश्यक कारवाहीका लागि आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्