छ लाख ३९ हजार मूल्य बराबरको सामान नियन्त्रण

छ लाख ३९ हजार मूल्य बराबरको सामान नियन्त्रण

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहतका कार्यालयहरुले अवैध रुपमा चोरी–पैठारी निकासी गरेको ६ लाख ३९ हजार मूल्य बराबरको सामान नियन्त्रणमा लिएको छ ।

नेपाल भित्र्याउँदै गरेको खाद्यन्न, लत्ताकपडा, कस्मेटिक सामान, घरेलु मदिरा, माछा, कुखुरासहितका सामान पक्राउ गरिएको हो ।

मोरङका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार नेपालबाट भारत लैजाँदै गरेको गाई–गोरु समेत पक्राउ गरिएको छ । पक्राउ परेका वस्तुहरु भन्सार कार्यालय विराटनगरमा बुझाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्