हिसान स्पोर्टस् क्रिकेटमा अर्किड र सगरमाथा फुटबलमा मोर्डन एरा र सिटी कलेज विजयी

हिसान स्पोर्टस् क्रिकेटमा अर्किड र सगरमाथा फुटबलमा मोर्डन एरा र सिटी कलेज विजयी

विराटनगर । हिसान स्पोट्र्स मिटको ११ औं संस्करणको क्रिकेटमा अर्किड कलेज र सगरमाथा कलेज तथा फुटबलमा मोर्डन एरा कलेज र सिटी कलेज विजय भएका छन् ।

मंगलबार वैजनाथपुरमा रहेको क्रिकेटको पहिलो खेलमा अर्किड कलेजले भानु कलेजलाई १५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित १८ ओभरको खेलमा १७ दशमलव ५ बलमा सवै विकेट ९१ रनको सामान्य योगफल तयार पारेको थियो । जस्मा राजा कामतले सर्वाधिक १९ रन बनाए । भानुका सुवास राँयले ३ विकेट लिए ।

जवाफमा ९२ रनको सामान्य योगफ पछ्याएको भानुले १३ दशमल ३ बलमा सवै विकेट गुमाई ७६ रनमा सिमित भयो । जस्मा दिपेश गोल्छाले सर्वाधिक १५ रनको यागदान दिए । अर्किडका म्यान अफ द म्याच यूवराज मगरले १ दशमलव ३ बलमा ६ रन दिएर ४ विकेट लिए ।
दोस्रो खेलमा सगरमाथा कलेजले लर्डबुद्ध कलेजलाई ३ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको लर्डबुद्धले निर्धारित २० ओभरको खेलमा १८७ ओभरमा सवै विकेट गुमाई ७७ रनको समान्य योगफल खडा गरेको थियो । जस्मा इन्द्रजितकुमार कामतले १७ रनको योगदान दिए । सगरमाथाका म्यान अफ द म्याच अनुभव पौडेलले ४विकेट लिँदा केदार कामतले पनि ३ विकेट लिए ।

जवाफमा ७८ रनको सामान्य योगफल पछ्याएको समगमाथाले १६ दमशलव ३ बलमा ७ विकेट गुमाउँदै सो विजयी लक्ष्य पार गरेको छ । जस्मा सुजित यादवले २६ रनको योगदान दिए । लर्डबुद्धका राकेश ठाकुरले २ विकेट लिँदा एलेक्स थापा र दिपेन्द्र शर्माले २–२ विकेट लिए ।
फुटबलमा मोर्डनएरा र सिटी
विराटनगरको शहिदमैलानमा भएको फुटबलको पहिलो खेलमा मोर्डन एराले ग्रामथानको बुद्ध मेमोरिल कलेजलाई १–० को गोल अन्तरले पराजित गरेको छ । मोर्डन एरोका म्यान अफ द म्याच नविनकुमार माझीले खेलको एक मात्र निर्णयक गोल गरे ।
दोस्रो खेलमा सिटी कलेजले सेन्ट जोसेफ कलेजलाई १–० को गोल अन्तरले पराजित गरेको छ । सिटीका म्यान अफ द म्याच सन्दिप राई निर्णायक गोल गरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्