विराटनगरको सीएनआई एक्स्पोमा पाँच औद्योगिक क्षेत्रबाट सहभागि आउँदै

विराटनगरको सीएनआई एक्स्पोमा पाँच औद्योगिक क्षेत्रबाट सहभागि आउँदै

विराटनगर । माघ १९ गतेदेखि विराटनगरमा हुन लागेको ‘सीएनआई कोसी एक्स्पो २०७९’ मा विराटनगर बाहिरका उद्योग र ठुला ब्राण्डहरु आफ्नो उत्पादनको प्रवद्र्धनका लागि सहभागी हुने भएका छन् । एक्स्पोमा सहभागीताका लागि नयाँ उद्योग र कम्पनिहरुलाई प्रोत्साहित गरिएका कारण उनीहरु आफ्नो उत्पादनसहित सहभागी हुने भएका हुन् ।

सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले विराटनगरका वीरगञ्ज, भैरहवा, नवलपरासी, काठमाडौं लगायतका प्रमुख औधोगिक क्षेत्रका उद्योगहरुले एक्स्पोमा सहभागीताको सुनिश्चितता गरेको जानकारी दिए । विराटनगरमा यसअघि लाग्दै आएका एक्स्पोहरुमा अहिलेसम्म सहभागीता नजनाएको चौधरी ग्रुप, यामाहा, सूर्य पेन्टस्, रुस्लान, न्यूट्री प्लस फुड लगायतका औधोगिक उत्पादनले सहभागीता जनाउने भएका हुन् । उल्लेखित सवै औधोगिक ब्राण्ड र उत्पादनहरु विराटनगर बाहिरका हुन् ।

एक्स्पोमा प्रदेश १ का प्राय सवै उद्योगहरुले सहभागीता जनाएको अध्यक्ष घिमिरेले बताए । लोकप्रिय कृषि उत्पादनभित्र किवीदेखि बरमझियाको पेडासम्मको प्रदर्शनी र विक्री वितरण हुने जनाइएको छ । एक्स्पोमा प्रवेशका लागि अनलाइन टिकेटिङको व्यवस्था मिलाइएको पनि जनाइएको छ । गेटमा टिकट काट्नुपर्ने परम्परागत कार्यको अन्त्य गर्न अनलाइन टिकेटिङ प्रभावकारी हुने एक्स्पो सचिवालयले जनाएको छ ।

विराटनगर–२ शंकरपुरमा एक्स्पो स्थल निर्माणको तयारी तीब्र पारिएको छ । स्टल बुकिङ अधिकांश भइसकेको जनाइएको छ । सीएनआईले एक्स्पोलाई ऐतिहाँसिक बनाउने घोषणा यसअघि नै गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्