गाउँबाट आउने बिरामीहरु विराटनगरमा यसरी ठगिन्छन् !

गाउँबाट आउने बिरामीहरु विराटनगरमा यसरी ठगिन्छन्  !

विराटनगर । ग्रामिण र पहाडी क्षेत्रबाट आउने विरामीहरुलाई सिटी सफारी चालक र निजी क्लिनिकहरुले ठग्ने गरेका छन् ।
विराटनगरमा मंगलबार पहाडी क्षेत्रबाट आएका विरामीलाई ठगेको भेटिएको छ । ठुला हस्पिटलमा कार्यरत डाक्टरहरुको नाममा निजी क्लिनिकहरुमा पुर्याएर विरामीहरुलाई ठगी गरेको पाइएको हो ।

खोटाङ जिल्लाको सोल्मा २ बाट आएकी ३६ बर्षिया धनकुमारी श्रेष्ठ बिचौलियाबाट ठगिन पुगेकी छन् । सुनसरीको तरहरामा रहेकी बैनी विनिता श्रेष्ठसँग मंगलबार टाउकोको उपचारको लागि उनी विराटनगर आईन् । विराटनगरको महेन्द्र चौकबाट सिटी सफारी चढेकी धनमाया र उनकी बैनी विनिताले न्यूरो हस्पिटलका डाक्टर यमबहादुर रोक्कासँग स्वास्थ्य जाँच गराउन चाहेका थिए । सिटी रिक्लेसा पनि म रोक्का डाक्टरलाई मज्जाले चिन्छु भन्दै न्यूरो हस्पिटल नलगेर हस्पिटल चौकमा पु¥याई दिए ।

त्यहीबेला धनकुमारीले ‘न्यूरो हस्पिटल त यता हैन’ भन्दै सिटी चालकलाई भनिन् । तर, सिटी चालकले बहाना बनाउँदै रोक्का डाक्टर अहिले यता बस्नुहुन्छ भन्दै उनीहरुलाई ढाँटे । उनीहरु पनि होला नि भन्दै सिटी चालकले भने कै स्थानतर्फ गए । विरामी धनकुमारीले सुरुमा ५ सयको डाक्टरको ओपीडी पुर्जा काटें । त्यसपछि पुन अन्य चेकचाँज गर्नुपर्ने भन्दै ५ हजार ३ सय को विल बनाएर रगतदिशा पिसाब जचाउन लगाए । उनले भनिन् सुरुमा यम रोक्कालाई भेट्न चाहेको तर क्लिनिकले आफुलाई भेट्न नदिएपछि मलाई शंका लाग्यो । डाक्टर रोक्काले यस अगाडी मेरो उपचार गरेर निको पनि पार्नुभएको थियो । तर, उही डाक्टर नभेटेपछि मैले क्लिनिकका मान्छेसँग वादविवाद पनि गरे । उनीहरुले पैसा माग्दै थिए तर मैले दिईन त्यसपछि म बाझ्दै त्यहाँबाट निस्केर हिंडे ।

त्यसपछि उनले चौकमा पुगेर अरु मानिसलाई डाक्टर रोक्काबारे सोधेपछि पुनः न्यूरो हस्पिटल आएको सुनाईन् । न्यूरो हस्पिटलमा आएर पुर्जा काटी डाक्टर रोक्कालाई देखेपछि आफुहरु तीन छक्क परेको उनले सुनाईन् । विराटनगर ७ हस्पिटल चौक दक्षिणमा रहेको शुभ स्वस्तिक पोली क्लिनिकले आफुहरुलाई तपाँई यही नै बस्नुहुन्छ भन्दै ढाटेको रोक्कालाई सुनाएका थिए । यसरी आफुहरु ठगिएको थाहा पाएपछि वडा प्रहरी कार्यलयको प्रहरी टोली, सञ्चारकर्मी सहित धनकुमारी र उनकी बहिनी पुनः त्यही क्लिनिकमा पुगे । यता शुभ स्वस्तिक क्लिनिकका संचालक सुमित साहले भने आफुहरुबाट गल्ती भएको स्वीकारेका छन् ।

क्लिनिक संचालक साहले धनकुमारीसँग आगामी दिनमा यस्तो गल्ती नहुने भन्दै माफी समेत मागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्