नेपाल विजनेश कलेजको खेल सप्ताह सम्पन्न

<span class='c1'>नेपाल विजनेश कलेजको</span> <span class='c2'>खेल सप्ताह सम्पन्न</span>

विराटनगर । विराटनगर-११ स्थित नेपाल विजनेश कलेजले खेल सप्ताह सम्पन्न गरेको छ ।

माघ १ देखी ६ गते सम्म विभिन्न खेलखुद प्रतियोगीता गरी खेल सप्ताह सम्पन्न गरेको हो ।

उक्त प्रतियोगीतामा फुटबल, भलिबल, क्रिकेट, टेवलटेनिस, व्याडमिन्टन, १०० मीटर दौड र स्पुन रेस जस्ता खेल समावेस गरीएको थियो । खेलकुदबाट विद्यार्थीहरुको अनुसाशनसहित स्वास्थ्य प्रतिको चेतना अभिवृद्धी गर्नु रहेको थियो । कार्यक्रममा विविए, विआईटी र एमविए अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो भने विविए आठौ सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले कार्यक्रमको आयोजना गरेका थिए ।


त्यस्तै आइतबार कलेजबाट विविए तथा एमविए अध्ययन पुरा गरेका विद्यार्थीहरुको उपस्थितीमा नविना खत्रीको अध्यक्षतामा ११ सदसीय अल्मुनी एसोशिएसन गठन गरीएको कलेजले जनाएको छ । सोहीदिन विविए, विआईटी तथा एमविए मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले आफुसँग भएका विभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा मिस्टर फ्रेसर र मीस फ्रेसर समेत घोषणा गरीएको थियो। जस्मा विविए प्रथम सेमेष्टरमा अध्ययनरत श्री अर्जुन कुमार यादवमिस्टर फ्रेसर घोषीत भए भने सोही संकायकी निशा बानियाँमीस फ्रेसर घोषीत भईन । कार्यक्रममा नृत्य, कमेडी, विभिन्न जातजाती झल्काउने भेषभुषा सहित विद्यार्थीहरु स्टेजमा प्रस्तुत भएका थिए।

कार्यक्रममा कलेजमा अध्ययनरत तीन सय ५० भन्दा बढी विद्यार्थीहरुको सहभागीता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथिमा कलेजका संस्थापक अध्यक्ष डा. भेष प्रसाद धमला रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्