विराटनगर । विराटनगरमा घरभाडा लिने सुविधाका लागि वेवसाईट तथा मोबाईल एप्लिकेसशन सार्वजानिक गरिएको छ । कम्प्यूटर सव–इन्जिनियर हिरालाल चौधरीले निर्माण गरेको वेवसाईट बुधबार सार्वजानिक गरिएको छ ।
खासमा यो घर वहालमा लगाउने र लिनेहरुले प्रयोग गरेर सुविधा लिनसक्ने उद्देश्यले बनाइएको हो । चौधरीका अनुसार कसैले घर भाडामा लगाउनु परे वेवसाईटमा गएर आफ्नो घरको फोटोसहितको विवरण राख्न सक्नेछन् । सेवा लिन चाहने सेवाग्राहीले उक्त वेवसाईटमा अपलोड गरिएको विवरणका आधारमा घरबाटै यकिन गर्नसक्नेछन् ।
वेवसाईटमा अपलोड गरिएको घरको विवरणसँग थप केहि बुझ्नु परेमा वहाल लिन चाहने व्यक्तिले त्यहिं अर्को फारम भरेपछि सम्बन्धित घरधनीको फोटो र नम्बर आउने सुविधा छ । त्यसका आधारमा थप कुरा फोनमार्फत छलफल गरेर टुङ्ग्याउन सकिने सव–इन्जिनियर चौधरीले जानकारी दिएका छन् ।
चौधरी पत्रकार सम्मेलन गरेर आफ्नो वेवसाईट एनपी रुम डट कम र मोवाइल एप्स सार्वजानिक गरेका छन् । तर, यसमा प्रयोगकर्ताले कुनैपनि शुल्क बुझाउनु पर्ने प्रावधान राखिएको छैन । आफ्नो विवरण अपलोड गरेपछि दुईतर्फबीच कुराकानी गराउने माध्यमकोृ रुपमा मात्रै यसलाई प्रयोग गरिने दावी छ ।