ललित कला संगम र महिला उद्यमी संघ नेपालको संयुक्त आयोजनामा चित्रकला एवम् हस्तकला प्रदर्शनी

<span class='c1'>ललित कला संगम र महिला उद्यमी संघ</span> <span class='c2'>नेपालको संयुक्त आयोजनामा चित्रकला एवम् हस्तकला प्रदर्शनी</span>

विराटनगर । ललित कला संगम र महिला उद्यमी संघ नेपालको संयुक्त आयोजनामा चित्रकला एवम् हस्तकला प्रदर्शनीको अयोजना गरेको छ ।

पञ्चमीको अवसरमा आज (विहिवार) प्रदेश १ स्तरीय चित्रकाल र हस्तकाल प्रदर्शनीको आयोजना गरीएको हो ।

विराटनगरमा आयोजना भएको प्रदर्शनीमा प्रदेशभरका कलाकारहरुले आफ्नो कला प्रदर्शनका लागि राखिएको ललित कला संगम मोरङका अध्यक्ष जेपि चौधरीले जानकारी दिए । पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको आधरना र सम्मानको साथै कलाले प्रदेश १ लाई चिनाउने उद्देश्यले हस्तकाल र चित्रकाल प्रदर्शनीको आयोजना गरिएको उनको भनाई थियो ।

प्रेम,प्रकृति सद्धभाव,सुन्दरता र मौलिकता झल्काउने चित्रहरु हरु साथै उनबाट बनाइएका पहिरन, हात व्याग लगायत प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा १ हजार बढीले अवोलकन गर्न आउने अनुमान राखिएको चौधरीले बताए ।

उनले वैशाखमा तीन दिने राष्ट्रिय भेला समेत राखिने जानकारी दिए । अहिलेसम्म प्रदर्शन स्थलमा अवलोकनका लागि प्रदेश सरकारको तर्फबाट, स्थानीय तहको तर्फबाट उपमेयर शिल्पा निरौला कार्की लगायतको उपस्थिति भएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्