विराटनगर । विराटनगर-५ स्थित किड्स भिलेज स्कुलले सरस्वती पूजा मनाएको छ।
उक्त कार्यक्रममा बालबालीकाहरुलाई अक्षरारम्भ गराउनुका साथै शैक्षिक सत्र २०७९/८० का लागि कक्षा प्ले ग्राउड र नर्सरीमा नयाँ विद्यार्थीहरूको भर्ना गरिएको छ।
उक्त कार्यक्रममा ३२ जना नयाँ विद्यार्थीहरू भर्ना गरिएको स्कुलका शैक्षिक निर्देशक निरू पौडेलले जानकारी दीइन ।
बसन्त पञ्चमीको दिनदेखि शिक्षा आरम्भ गराउने प्राचीन परम्परालाई हालसम्म पनि अभिभावकहरुले आत्मसात पालना गर्दै आएको र आजका दिन बालबालिकाहरुको लागि शिक्षा सुरुवातको लागि शुभ साईत रहेको स्कुलका अध्यक्ष मदन खतिवडाले बताए ।