विराटनगरमा हुने सीएनआइ कोशी एक्स्पोको ईन्टरनेट पार्टनर वर्ल्डलिंक

<span class='c1'>विराटनगरमा हुने सीएनआइ कोशी</span> <span class='c2'>एक्स्पोको ईन्टरनेट पार्टनर वर्ल्डलिंक</span>

विराटनगर । नेपालको सबै भन्दा ठुलो इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक वर्ल्डलिंकले माघ १९ गते देखि हुने सीएनआइ कोशी एक्स्पोको इन्टरनेट सम्बन्धि सम्पुर्ण व्यवस्थापनक जिम्मेवारी लिएको छ।

आयोजक नेपाल उद्योग परिसंघलाई आवश्यकता पर्ने इन्टरनेट र नेटवर्कको व्यवस्थापन गरिनुको साथै सबै भिजिटरलाई पनि नि:शुल्क चलाउन पाउने व्यवस्था मिलाईएको वर्ल्डलिंक कम्पनीले जनाएको छ ।

वर्ल्ड्लिङ्कका नेपालभर संचालित १४५०० भन्दा ज्यादा वाइफ़ाइ हट्स्पट जस्तै एक्स्पो हुने स्थानमा सबै भिजिटरहरुको लागि हट्स्पट सेटटप गरिने र वर्ल्ड्लिङ्कको ग्राहकरुले 'माई वर्ल्डलिंक' मार्फत अटोमेटिक कनेक्ट भएर चलाउन सक्नेछन भने सबैले वर्ल्डलिंकको फ्री वाइफ़ाइ चलाउन सक्नेछन्।

यसका साथै एक्स्पोलाई ध्यानमा राखेर विशेष छुटका अफरहरु ल्याउने तयारी गरिरहेको पनि वर्ल्डलिंकले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्