प्रदेशसभाको बैठक माघ २३ गते बस्ने

<span class='c1'>प्रदेशसभाको बैठक माघ</span> <span class='c2'>२३ गते बस्ने</span>

विराटनगर । प्रदेश १ प्रदेशसभाको बैठक माघ २३ गतेका लागि बोलाइएको छ ।

पुस ३० गते उपसभामुखको निर्वाचनपछि सभामुख बाबुराम गौतमले अर्काे सूचना नभएसम्मका लागि स्थगित गरिएको बैठक माघ २३ गतेका लागि बोलाइएको हो ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले छैठौं बैठक २३ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको जानकारी दिए ।

प्रदेशसभाको सभामुखमा ओखलढुंगाका बाबुराम गौतम र उपसभामुखमा उदयपुरकी सिर्जना दनुवार निर्वाचित भइसकेका छन् । प्रदेशसभाले विषयगत समितिको टुंगो लगाउन बाकीँ छ ।

पुस २५ गते हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो । सरकार गठनको दुई सातापछि उनले सात सदस्यीय मन्त्रीपरिषद्को कार्यविभाजन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्