जाँचपास ‘बदनियत’ आरोपमा विराटनगर भन्सार प्रमुख सापकोटासहित तीन कर्मचारी तानिए

<span class='c1'>जाँचपास ‘बदनियत’ आरोपमा विराटनगर भन्सार</span> <span class='c2'>प्रमुख सापकोटासहित तीन कर्मचारी तानिए</span>

विराटनगर । आयात गरेको सामानको भन्सार जाँचपासमा ‘बदनियत’ मनसाय राखेको पाइएपछि विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतसहित तीनजना तानिएका छन् । भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटा, अधिकृत नकुल शर्मा र नासु हिमालय दाहाल मन्त्रालय र विभागमा तानिनु भएको हो ।

भन्सार प्रमुख सापकोटाले शुक्रबार रमाना बुझेर मन्त्रालय जानु भएको छ । सापकोटाको स्थानमा तत्काल कामकाज गर्नका लागि सिनियर अधिकृत सुवास श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ । अधिकृत शर्मा र नासु दाहाल गत बिहीबारदेखि नै भन्सार विभागमा झिकाइएको थियो ।
विराटनगर भन्सार कार्यालयका निमित्त प्रमुख सुवास श्रेष्ठले भन्सार प्रमुख सापकोटा मन्त्रालयमा सरुवा हुनु भएको दावी गर्नुभयो । ‘उहाँले रमाना बुझेर मन्त्रालय जानु भएको हो, अन्यको हकमा मलाई थाहा छैन’ निमित्त प्रमुख श्रेष्ठले भन्नुभयो–कर्मचारीको सरुवा सामान्य प्रक्रिया हो ।

आयातकर्ता देन इन्टरनेसनल काठमाण्डौंले चीनबाट ७३ हजार डलर बराबरको जुत्ता र तयारी गार्मेन्ट आयात गरेर राजस्व दाखिला गर्ने तयारीमा रहँदा दर्ता प्रज्ञापनपत्र रद्द गरिएको आरोप छ । आयतकर्ताका भन्सार प्रतिनिधि शरण खरेलले ४५ लाख राजस्व दाखिला गर्ने घोषणा गरेको उक्त मालवस्तुको दर्ता प्रज्ञापनपत्र ‘सिस्टम’मा प्रविष्टि गरिसकेपछि ‘डिलिट’ भएको थियो । आईसीपी परिसरमा आईसकेको मालवस्तुको प्रज्ञापनपत्र सिस्टमबाट डिलिट भएपछि विभागले एउटा टोलि खटाएर छानविन गरेको थियो । भन्सार कार्यालयले सामान आईनपुगेको जवाफ दिएपनि विभागको टोलिले गोदाममा भेटेपछि रद्द गरिएको प्रज्ञापनपत्रको सामान फेला परेको थियो । उक्त सामानको राजस्व ४५ लाख घोषणा गरिएपनि पछि एक करोड २५ लाख राजस्व असुल गरेर छोडिएको छ ।

विराटनगर नाकाका लागि कस्टम ट्रान्जिट डिक्लियरेसन (सीटीडी) कोलकाता बन्दरगाहाले जारी गरेको उक्त सामान एलसी खोलेर मगाइएको थियो । एलसीमा आयात गरिएको सामान सम्बन्धित देशमा आईपुगेन भने एलसी खोल्नेलाई विदेशी मुद्रा अपचलन र भन्सार छलेर भित्र्याइयो भने राजस्व अपचलनको अभियोग लाग्छ ।

भन्सारका एक कर्मचारीका अनुसार अर्थमन्त्रालयका सहसचिव सुमन दाहाल नेतृत्वको टोलिले जाँचपासमा उत्पन्न आशंका बारे विराटनगर भन्सारमै आएर छानविन गरेर फर्केको थियो । त्यसकै आधारमा त्रुटीसहित प्रमुख सापकोटासहित अधिकृत शर्मा र नासु दाहाललाई मन्त्रालय र विभागमा झिकाइएको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्