कोसी अस्पताल विराटनगरमा नवजात शिशु प्रकरण : समितिले बुझायो प्रतिवेदन, स्वास्थ्य मन्त्रालय पठाईने

कोसी अस्पताल विराटनगरमा नवजात शिशु प्रकरण : समितिले बुझायो प्रतिवेदन, स्वास्थ्य मन्त्रालय पठाईने

विराटनगर । कोसी अस्पतालमा जीवित शिशुलाई मृत घोषणा गरेको घटना छानविनका लागि गठित समितिले प्रतिवेदन बुझाएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.लक्ष्मीनारायण यादवका अनुसार समितिको प्रतिवेदन स्वास्थ्य मन्त्रालयमा बुझाईने छ ।

प्रतिवेदनमा तत्कालिन अवस्था, त्यसपछि उपचारका लागि निजी अस्पतालमा भर्ना गरिएको शिशुको स्वास्थ्य अवस्था, कोसीमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीसँगको बयान र त्यसपछि गोल्डेनमा भर्नापछि उपचारमा संलग्न चिकित्सकको परामर्श समेत संलग्न गराइएको छ । मेसु यादवले प्रतिवेदन चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारवाही गर्ने विषयमा मौन रहेको भएकोले विभागिय मन्त्रालयले त्यसको अन्तिम निर्णय लिनेछ ।

अस्पतालका बालरोग विशेषज्ञ डा. प्रवीण झाको संयोजकत्वमा, डा. सुर्यकान्त चौधरी र अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपाल सदस्य सचिव रहने गरि समिति गठन गरिएको थियो । समितिले बिहीबार प्रतिवेदन बुझाएको थियो ।
श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि १७ दिनको शिशुलाई कोसीको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । तत्कालिन अवस्थामा शिशुमा देखिएको समस्या ब्रिफिङ्ग गर्दागर्दै अभिभावकले लिएर गएको प्रतिवेदनमा उल्लेख छ । आकस्मिक कक्षमा कार्यरत मेडिकल अधिकृत डा. आकाश यादवसहित अस्पतालका पारामेडिकल अफिसर टीका अधिकारी र लक्ष्मण माझीले गत बिहीबार बिहान शिशुको अवस्था गम्भीर रहेकोले बचाउन मुश्किल पर्ने बताएका थिए । उनीहरुले स्थिति हेर्दा शिशुलाई बचाउन नसकिने आशय व्यक्त गरे लगतै अभिभावकले लिएर गएको भन्दै प्रतिवेदनमा पूर्ण उपचारको प्रक्रिया थालनी नै नभएको सुझाव दिइएको छ ।

त्यसपछि गोल्डेनमा भर्ना गरिएको शिशुमा सेतो तथा रातो रगतको कमी, निमोनिया, मिर्गौलाले काम नगरेको जस्ता जटिलता देखिएको छ । छानविन समितिे गोल्डेनका उपचारमा संलग्न चिकित्सकसँग समेत परामर्श गरेको थियो । उपचारको क्रममा रहेका ती शिशुको एक सातापछि गत मंगलबार बिहान साढे १० बजे मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्