विराटनगरको विष्णुमाया पुस्तकालयमा भोलि निःशुल्क आँखा शिविर हुने

विराटनगरको विष्णुमाया पुस्तकालयमा भोलि निःशुल्क आँखा शिविर हुने

विराटनगर । भास्कर आई केयर एण्ड ग्लकोमा सेन्टर प्रा लि र विष्णुमाया पुस्तकालयको संयुक्त आयोजनामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने भएको छ ।

माघ १४ गते शनिबार बिहान १० बजेदेखि विराटनगर-१ नेता चोकस्थित विष्णुमाया पुस्तकालयको प्राङ्गणमा एक दिने निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने भएको हो ।

भास्कर आइ केयरले २०७९ पुष ८ गते जेम्स इन्टरनेशनल सेकेण्डरी बोर्डिंग स्कुलमा भएको आँखा शिविरमा चार सय ५० भन्दा बढीले नि:शुल्क आँखा जाँच गराएका थिए ।

आगामी दिन हरुमा समेत निरन्तर रुपमा नि:शुल्क आँखा शिविरहरु संचालन गरिने भाष्कर आई केयर एण्ड ग्लकोमाका बरिष्ठ जलबिन्दु तथा नेत्र रोग विशेषज्ञ डा.भाष्कर झाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्