कटहरीमा जारी वडाध्यक्ष कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा होराईजन क्रिकेट क्लबको जित

कटहरीमा जारी वडाध्यक्ष कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा होराईजन क्रिकेट क्लबको जित

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा जारी वडाध्यक्ष कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगरको होराईजन क्रिकेट क्लबले जित हात पारेको छ ।
प्रतियोगिता अन्र्तगतको दोश्रो दिनको खेलमा झापा बिर्तामोडको बुस्टन क्रिकेट एकेडमीलाई २४ रनले पराजित गर्दै होराईजनले जित हात पारेको हो ।

पहिलो ब्याटिङ गर्दै होराईजनले ९ बिकेटमा ११६ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको झापाको बुस्टनले निर्धारित २० ओभरमा अल आउट हुँदै ९२ रन मात्र बनाउन सकेको थियो । खेलको म्यान अफ दी म्याच बिजयी टिमका कपिल मण्डल घोषित भएका छन ।उनले ३९ बलमा ५३ रन बनाएका थिए । जित संगै होराईजनले सेमिफाईनलको यात्रा तय गरेको छ । भोलीको खेल बिसिसिए विराटनगर र आयोजक कटहरी क्रिकेट क्लब बिच हुने आयोजक समितिका मनोज मण्डलले जानकारी दिनुभयो ।

प्रतियोगितामा विराटनगरको ४ झापाको १ सुनसरीको १ र कटहरीको २ वटा गरि ८ वटा प्रदेशस्तरिय टिमले सहभागिता जनाईरहेका छन । कटहरीको ३ नम्बर वडा समितिको आयोजनामा प्रतियोगिता आयोजना गरिएको सम्बन्धित वडाका वडाध्यक्ष जदुलाल कामतले जानकारी दिनुभयो । माघ १३ गते बाट शुरु भएको प्रतियोगितको फाईनल खेल २१ गते हुने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्