कटहरी गाँउपालीकाद्धारा मन्त्री अमनलाल मोदीलाई स्वागत तथा सम्मान

कटहरी गाँउपालीकाद्धारा मन्त्री अमनलाल मोदीलाई स्वागत तथा सम्मान

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले मुलुकमा शुसासन कायमगर्न आफुले कामगर्ने बताउनुभएको छ ।
मोरङको कटहरी गाउँपालिकाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री मोदीले कर्मचारीतन्त्रमा ब्याप्त भ्रष्टाचार अन्त्य गर्न र जनताकालागि गरिने सेवा प्रवाहलाई सहज र सरल बनाउन अपनाउनुपर्ने उपायहरुको बिषयमा यतिखेर आफुले अध्ययन गरिरहेको बताउनुभयो । त्यस लगत्तै आवश्यक कदम चाल्ने उहाँको भनाई थियो । मन्त्री मोदीले सेवा प्रवाह र विकास निर्माणको काममा कर्मचारीहरुबाट ब्यापक भ्रष्टाचार हुने गरेको जनगुनासो आईरहेको बताउनुहुँदै त्यस्तो अवस्थाको अन्त गर्न आफुले काम गरिरहेको बताउनुभयो ।


उहाँले आफ्नो मन्त्रालयबाट गरिने कर्मचारी सरुवाको क्रममा सोर्सफोर्स लगाउनुपर्ने अवस्था समेत अन्त गर्ने दाबी गर्नुभयो । कर्मचारी सरुवालाई निश्पक्ष बनाउन एकखालको सफ्टवेयर निर्माणको काम समेत गराईराखेको जानकारी दिनुभयो । यसअघि कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले मन्त्री मोदीलाई खादा माला सहित स्वागत तथा सम्मान गर्नुभयो । सो अवसरमा बोल्नुहुँदै चौधरीले मन्त्री मोदीको कार्यकालमा क्षेत्रनम्बर ४ र कटहरी गाउँपालिकाको विकासले गति लिने विश्वास ब्यक्त गर्नुभयो । कटहरी मा निर्माणाधिन रेल्वे,बालुघाट पर्यटकिय क्षेत्र र कृषि थोक बजारको बिकासमा ध्यान दिन समेत चौधरीले मन्त्री मोदीको ध्यानाकर्षण गराउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्