विराटनगरमा माघ १९ बाट जारी “सीएनआई कोसी एक्स्पो” को तयारी धमाधम

विराटनगरमा माघ १९ बाट जारी “सीएनआई कोसी एक्स्पो” को तयारी धमाधम

विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा माघ १९ गतेदेखि विराटनगरमा आयोजना हुन लागेको सीएनआई कोसी एक्स्पोको तयारी यतिबेला धमाधम भईरहको छ ।


विराटनगर महानगरपालिका–२ शंकरपुरको खुला चउरमा यतिबेला एक्स्पोको तयारी तिब्र पारिएको छ । एक्स्पो स्थलमा आवश्यक संरचना जडान र निर्माणको काम जारी रहेको सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताउनुभयो । एक्स्पोमा संसारकै अग्लो हिमाल सगरमाथादेखि नेपालकै सवैभन्दा होचो स्थान केचना कवल हेर्न पाइने भएको आयोजकले जनाएको छ ।
यसैविच प्रदेश १ को भौगोलिक, जातीय र साँस्कृतिक विविधतालाई एक्स्पोका माध्यमबाट अवलोकनकर्ताहरुलाई जानकारी दिने उदेश्यले यस्तो देखाउन लागिएको जनाइएको छ । त्यसका लागि एक्स्पो स्थलमा ती संरचना निर्माणको काम सुरु भईरहेको छ ।


ऐतिहाँसिक रुपमा आयोजना हुन लागेको एक्स्पोमा अवलोकनकर्ताहरुको मनोरञ्जनका लागि कोसी नदीमाथिको सेल्फी पुल, थारु र झाँगडको परम्परागत घरहरु जस्ता संरचना पनि निर्माण कार्य अहिले भईरहेको छ । एक्स्पोमा हरेका साँझ नेपालकै चर्चित ब्याण्ड तथा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहनेछ । एक्स्पोलागी अहिले स्टल बुकिङको लागी समेत धमाधम भईरहेको आयोजक समितीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्