१ करोड लगानी गर्दै विराटनगर ११ मा जिम क्लब ,मेयर कोईरालाले गरे उद्धघाटन

<span class='c1'>१ करोड लगानी गर्दै विराटनगर ११ मा</span> <span class='c2'>जिम क्लब ,मेयर कोईरालाले गरे उद्धघाटन</span>

विराटनगर । शारीरिक रुपमा स्वस्थ्य र दुरुस्त बनाउने उदेश्यले संचालनमा ल्याएको द रोयल पावर जिम एण्ड फिटनेस क्लब संचालनमा आएको छ।


विराटनगर ११ जनपथ टोल केशलिया रोडमा संचालन भएको क्लबको उद्घाटन बिराटनगर महानगरपालिकाको प्रमुख नागेश कोईरालाले रातो रिवन काटेर गर्नु भएको थियो । युवाहरुलाई शारीरिक र मानसिक रुपमा स्वस्थ्य र दुरुस्त बनाउने उदेश्यले सोही ठाउँको मोहम्मद मुन्ना कुरेसिले लगभग १ करोड लागतमा द रोयल पावर जिम एण्ड फिटनेस क्लब संचालनमा ल्याएको हो । फिटनेस क्लबमा एरोबिक, कार्डियो, फिजिकल ट्रेनिङ, डाईट प्लानिङ गराउने जिम क्लबका संचालक तनविर कुरेसिले जानकारी दिनुभयो ।

एकपटकमा ५० जनाले अभ्यास गर्न सकिने जिम क्लबमा महिला र पुरुष दुबैजनाले जिम गर्न सकने ब्यवस्था रहेको छ ।
जिम क्लब उद्घाटन कार्यक्रममा बिराटनगर ९ का वडा अध्यक्ष बिश्वनाथ भगत, बिराटनगर ११ का वडा अध्यक्ष त्रीथेन्द्र न्यौपाने , युवा नेता वसिम आलम , कृष्ण कार्की लगायतको उपस्थिति रहेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्