विराटनगरको कोसी अस्पतालमा ‘पत्रु’ दाबी विवाद : ठेकेदारलाई फर्निचर लोभ, प्रशासनलाई कानुनी डर

विराटनगरको कोसी अस्पतालमा ‘पत्रु’ दाबी विवाद : ठेकेदारलाई फर्निचर लोभ, प्रशासनलाई कानुनी डर

विराटनगर । कोसी अस्पताल विराटनगरमा पत्रु (कवाडी) दावी विवाद चर्कदैं गएको छ । अस्पताल प्रशासन र ठेकेदारबीच ‘पत्रु’ मा देखिएको लोभले तनाव नै सिर्जना गरिदिए को हो ।

अस्पताल परिसरका पुरानो मेटानिटी तथा सर्जिकल, रेडियोलोजी भवन, बच्चा विभागको भवन, बिद्युत पावर हाउस, डा.महेन्द्र महतो र रम्भा सुब्बा बसेको क्वाटर भवन र धोबी भवन भत्काएर नयाँ भवन निर्माणको लागि स्थान खाली गराउने काम भईरहेको छ ।

यी भवन भत्काउने २०७८ पुस ६ गतेको सार्वजानिक सूचनाका आधारमा विराट कवारी, विराटनगर–१५ ले एक करोड ५२ लाख ५१ हजार रुपिँयामा बोलपत्र पारेको थियो । सार्वजानिक सुचनामा ५२ लाख मात्रै कबोल रकम उल्लेख गरिएपनि त्यसको तीन गुणा बढीमा बिराटले टेण्डर पारेर भवन भत्काउने काम गरिरहेको छ ।

नयाँ निर्माण गर्न पुराना संरचना भत्काउने प्रक्रिया अस्पताल प्रशासनको निर्णयका आधारमा स्वास्थ्य मन्त्रालयको स्वीकृत गरिदिएको थियो । त्यसका आधारमा संघीय शहरी विकास तथा भवन कार्यन्वयन इकाईले भत्काउने संरचनाको मूल्यांकन प्रतिवेदन दिएको छ । त्यसपछि आह्वान गरिएको बोलपत्र अनुसार विराट कवारीसँग भवन भत्काउने र सामान लैजाने खरिद सम्झौता भएको थियो ।
तत्कालिन मेडिकल सुपरिटेन्डेन्ट डा.यज्ञराज खरेल र ठेकेदार कम्पनी विराटनगर कवारीका प्रतिनिधिबीच सम्झौता भएर सुरु गरिएको काममा अहिले विवाद सुरु भएको छ । त्यो पनि भत्काउन भनिएका भवन भित्रका सामानमा । ठेकेदार विराट कवारीका अनिल चौधरीका अनुसार सार्वजानिक खरिद नियमावली अनुसार संरचना भित्रका एसी र पंखा बाहेकका सामान, भवन निर्माण हुँदा प्रयोग भएका सामान समेतको सम्झौता थियो ।

तर, अस्पताल प्रशासनले भने भवन भनेको त्यहाँ भित्रका फर्निचर तथा पुरानो बेडसिट, स्टील फर्निचर नभएको दावी गर्दै आएको छ । त्यसका आधारमा ठेकेदार कम्पनीलाई उक्त सामान लान दिइएको छैन । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.लक्ष्मीनारायण यादवले भवन भित्रका फर्निचर लगायतका वस्तु लान दिदाँ कानुनले आफुलाई समात्ने दावी गरेका छन् । उनले सम्झौतामा फर्निचर तथा स्टील फर्निचर, कुर्सी, अस्पताल भित्र प्रयोग हुनसक्ने सामान लैजान नमिल्ने बताए । तर, ठेकेदार कम्पनीका चौधरीले लागत मूल्यांकन प्रतिवेदन, सुचना र सम्झौतामा पाएको कार्यदेश अनुसार त्यहाँ भित्रका सबै सामान लान पाउनु पर्ने भएपनि अस्पताल प्रशासनले रोकेर आफैं बिक्री गरिरहेको आरोप लगाएका छन् ।

कोसीका पुरानो भवन भत्काएपछि त्यहाँ भित्रका सामान आठवटा ठेलामा लोड गरेर बिक्री गरिएको आरोप ठेकेदार कम्पनीको छ । केहि सामान अस्पताल परिसरको अर्थो विभागमा राखिएको छ । त् िसामान निजी अस्पतालहरुलाई कोसीको प्रशासनले लुकिचोरी बिक्री गर्दै आएको आरोप चौधरीको छ ।

तर, मेसु यादव यो आरोपलाई सोझै अस्वीकार गर्दछन् । अस्पतालमा प्रयोग हुनसक्ने सामान दिन नसकिने बताउँदै रोक लगाउँदै आएका छन् । ठेकेदार कम्पनीले लागत मूल्यांकन प्रतिवेदन, सार्वजानिक सुचना र सम्झौतासहित मोरङ जिल्ला अदालतमा करार विपरितको कार्य रोक्न उपर्युक्त आदेश जारी गर्न माग गरेको थियो । त्यसका आधारमा अदालतले गत माघ ५ गते लिलाम बढाबढका आधारमा खरिद गरिएका सामान लैजान नरोक्न आदेश दिएको थियो । तर, त्यसपछि समेत अस्पताल प्रशासन र ठेकेदारबीच त्यहि सामान लैजाने की रोक्ने तानातानको स्थिति देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्