विराटनगरका अनन्त थापा नेपाली महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त

विराटनगरका अनन्त थापा नेपाली महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त

विराटनगर। विराटनगरका अनन्त थापा नेपाली महिला फुटबल टिमको मुख्य प्रशिक्षकको रुपमा नियुक्त भएका छन्।

अखिल नेपाल फुटबल संघ(एन्फा)ले आइतबार विराटनगरका थापालाई भारतसँग खेल्ने मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

भारतविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि महिला टोलीको रुपमा थापालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । एन्फाका महासचिव किरण राईले आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थापालाई नियुक्त गरिएको पत्र हस्तान्तरण गरेका हुन् ।

टोलीको सहायक प्रशिक्षकमा गंगा गुरुङ र गोलकिपिङ प्रशिक्षकमा सुरजकुमार लामा नियुक्त भएका छन् । त्यसैगरी खेलको टिम म्यानेजरमा वृन्दा देवानलाई नियुक्त गरिएको छ ।

राष्ट्रिय महिला टोलीले भारतसँग मैत्रीपूर्ण खेल फेब्रुअरी १३ देखि २५ सम्म खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्