वर्ल्डलिंकको सिएनआइ कोशी एक्स्पो अफर : ६ सय रुपैयाँमा ५० एमबिपिएस

वर्ल्डलिंकको सिएनआइ कोशी एक्स्पो अफर : ६ सय रुपैयाँमा ५० एमबिपिएस

विराटनगर । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले सिएनआइ कोशी एक्स्पोमा मासिक ६ सय देखि ६ हजार ५ सय रुपैयाँसम्मको प्याकेजहरु उपलब्ध गराउने भएको छ।

विद्यार्थी थोरै युजर हुने घरायासी उपभोक्तालाई मासिक ६ सय रुपैयाँमा वर्ल्डलिंकले ५० एमबिपिएस गतिको इन्टरनेट उपलब्ध गराउन सक्ने जनाएको छ।

घरायिसी उपभोक्तालाई एक सय २० एमबिपिएस गतिको इन्टरनेट मासिक ८ सय रुपैयाँमा २०० एमबीपिएसको इन्टरनेट मासिक एक हजार ५० रुपैयाँमा र ३०० एमबीपिएसको इन्टरनेट मासिक एक हजार १ सय ५० रुपैयाँमा उपलब्ध गराउने भएको छ ।

२०० एमबिपिएसदेखि माथिका सबै इन्टरनेट प्याकेजमा वाईफाई कभरेज पर्याप्त होस् भनेर नोकियाको बिकन १ १ पनि नि:शुल्क उपलब्ध गराउने जानकारी वर्ल्डलिंकले दिएको छ।

वर्ल्डलिंकले साना तथा मझौला उद्योग,होटल रेस्टुरेण्ट र कार्यालय आदिलाई केन्द्रित गरेर मासिक दुई हजार रुपैयाँमा ५० एमबिपिएसको सेमी डेडिकेटेड , मासिक तीन रुपैयामा ७५ एमबिपिएस साथै मासिक चार रुपैयाँमा १०० एमबिपिएस र ६ हजार ५ सय रुपैयाँमा १५० एमबिपिएसको स्पिड उपलब्ध गराउने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्