सहिदहरूको सपना साकार पार्न सबैलाई प्रेरणा प्रदान गरेको छ : प्रदेश प्रमुख खापुङ

सहिदहरूको सपना साकार पार्न सबैलाई प्रेरणा प्रदान गरेको छ : प्रदेश प्रमुख खापुङ

विराटनगर । प्रदेश प्रमुख परशुराम खापुङले सहिद दिवसले सहिदहरुको सपना साकार पार्न प्रेरणा मिलेको बताएका छन् ।

सहिद दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेश प्रमुख खापुङले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको सर्वोच्चता, स्वायत्तता र स्वशासनको अधिकारलाई सुनिश्चित गर्दै सहिदहरूको सपना साकार पार्न सबैलाई प्रेरणा प्रदान गरेको बताएका हुन् ।

उनले सन्देशमा भन्नेका छन् –“नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुँदासम्मका विभिन्न कालखण्डमा भएका सङ्घर्षमा आफ्नो अमूल्य जीवनको आहुति दिनुहुने आदरणीय अमर सहिदहरूप्रति सहिद दिवस, २०७९ को अवसरमा भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु ।”

“सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको सर्वोच्चता, स्वायत्तता र स्वशासनको अधिकारलाई सुनिश्चित गर्दै सहिदहरूको सपना साकार पार्न मन, वचन र कर्मले अविचलित रूपमा समर्पित रहन यस दिवसले हामी सबैमा प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।” सन्देशमा थप भन्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्