विराटनगरको कोशी एक्स्पो : पाँच औद्योगिक क्षेत्र, चारसय स्टल

<span class='c1'>विराटनगरको कोशी एक्स्पो : पाँच</span> <span class='c2'>औद्योगिक क्षेत्र, चारसय स्टल</span>

विराटनगर । विराटनगर महानगरपालिका–२ शंखरपुरमा आगामी माघ १९ गतेदेखि २८ गतेसम्म आयोजना हुने कोशी एक्स्पोमा चारसय स्टल प्रदर्शनीमा राखिने भएको छ । नेपाल उद्योग परिसंघ प्रदेश १ समितिको आयोजनामा हुने मेलाको तयारी अन्तिम अवस्थामा पुगेको जानकारी दिदैं आयोजकले भव्य शुभारम्भ गर्दै आसा लाग्दो कारोबार गर्ने अपेक्षा राखेको जानकारी दिइएको हो ।

सीएनआई प्रदेश १ अध्यक्ष भीम घिमिरेले मेला प्रवद्र्धकको रुपमा पाँच स्थानीय तहसहित प्रदेश सरकारको महत्वपूर्ण भूमिका रहेको जानकारी दिएका छन् । उनले प्रदेशभरीका औद्योगिक क्षेत्रमा उत्पादन भएका वस्तुको प्रवद्र्धन गर्ने उद्देश्य राखिएको जानकारी दिएका छन् ।

पाँच औद्योगिक क्षेत्रको सहभागिता
विराटनगरमा पाँच औद्योगिक क्षेत्रको उत्पादन एकिकृत प्रदर्शनी गरिने भएको छ । नेपाल उद्योग परिसंघले माघ १९ गतेदेखि २८ गतेसम्म आयोजना गर्ने कोशी एक्स्पोमा देशका पाँच औद्योगिक करिडोरका उत्पादन प्रदर्शनीस्थलमा राखिने भएको हो ।
विराटनगरमा आयोजना हुने एक्स्पोमा सुनसरी–मोरङ करिडोर, बीरगञ्ज, भैरहवा, नेपालगञ्ज र नवलपरासी औद्योगिक क्षेत्रका उत्पादकहरुले आफ्नो उत्पादन प्रदर्शनी गर्ने भएका हुन् ।

विदेशका सामान र भारतका अवलोकनकर्ता आउने दावी
एक्स्पोमा भारत, चीन, बंगलादेश, पाकिस्तानका प्रतिनिधि उद्योगलाई समेत सहभागी हुने दावी छ । यस पटकको एक्स्पोम भारतको जोगबनी, बथनाहा, फारवीसगञ्ज, अररीया, रानीगञ्ज, विरपुर, भिमनगर, सिलगुडीबाट समेत व्यवसायी तथा अवलोकनकर्ता आउने आयोजकको दावी छ


चारलाखले अवलोकन गर्ने दावी
आयोजक समितिका संयोजक राजेन्द्र राठीले चारलाख अवलोकनकर्ता भित्र्याउने लक्ष्य राखिएको एक्स्पोको लागत तीन करोड हाराहारी भएको दावी छ ।
अन्तराष्ट्रियस्तरको कृषि तथा औद्योगिक प्रदर्शनीका लागि मोरङका पाँच स्थानीय तह प्रवद्र्धक रहेका छन् । त्यस बाहेक प्रदेश सरकारको कृषि, उद्योग, पर्यटन, सामाजिक विकास मन्त्रालय समेत प्रवद्र्धक रहेको मेला आयोजक समितिका सह–संयोजक गिरिजा शारडाले जानकारी दिइन् । ेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने जानकारी दिइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्