विराटले काठमाण्डौं विश्वविद्यालयमा बुझाएको विवरणका आधारमा वीपीको उपकुलपति नियुक्ति लिन गिरीद्वारा प्रोफेसर पद दावी

विराटले काठमाण्डौं विश्वविद्यालयमा बुझाएको विवरणका आधारमा वीपीको उपकुलपति नियुक्ति लिन गिरीद्वारा प्रोफेसर पद दावी

विराटनगर । विराट अस्पताल प्रा.लि.ले नियमअनुसार काठमाण्डौं विश्वविद्यालयलाई पठाएको प्रोफेसरहरुको विवरण सूचिका आधारमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निलम्बित उपकुलपति डा. ज्ञानेन्द्र गिरीले प्राध्यापक पदको दावी गरेको देखिएको छ । सन् २०१४ अप्रिल १ तारिकमा विराट अस्पताल प्रा.लि.ले कलेजको सम्बन्धन पाउँने प्रक्रियामा आफ्नो प्रयोजनका लागि प्रोफेसर हुन योग्य रहेको भनि विश्वविद्यालयमा पेस गरेको विवरण र त्यसका आधारमा गिरीलाई दिएको पत्र वीपीको उपकुलपति नियुक्तिमा प्रयोग भएको पाइएको हो ।

विराट अस्पतालको पत्रलाई गिरीले प्रोफेसरको प्रमाणको रुपमा वीपीमा पेस गर्न पाउने नपाउने विषय भने कानुनी घेरामा परेको छ । डा.गिरीले यसको दुरुपयोग गरेकोले अहिले फरक प्रयोजनका सिफारिसकर्ता विराटनगरका डा.ज्ञानेन्द्रमान सिंह कार्की समेत तानिएको चर्चा सुरु भएको छ ।

तर, वीपीमा नियुक्त हुनका लागि विराटनगर २०७८ साउन २५ गते पनि गिरीलाई सुरु विवरणका आधारमा सिफारिस गरेको छ । त्यो उसले काठमाण्डौं विश्वविद्यालयमा पठाएको विवरणका आधारमा गिरीलाई प्रोफेसर पदको सिफारिस गरिएको उल्लेख छ ।
नियम अनुसार मेडिकल कलेज सञ्चालन गर्नु पूर्व विश्वविद्यालयबाट सम्बन्धन पाएको खण्डमा प्रोफेसर हुन योग्य व्यक्तिहरूको विवरण पठाउनु पर्नेहुन्छ । विराट अस्पतालले डा. गिरीसहित अन्य चिकित्सकको समेत नाम विश्वविद्यालयमा पठाएको अख्तियार दिएको लिखित जवाफमा उल्लेख गरेको छ ।

‘काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन लिन कुनै पनि चिकित्सक योग्य रहेको भनी पत्र स्वयं कलेजले पठाउँनुपर्ने प्रावधान रहेको छ । स्कुल अफ मेडिकल साइन्सेसको डीन कार्यालयमा अस्पताल वा कलेजले प्रोफेसर सिफारिस गरेर पठाएको सबै डकुमेन्टहरू अध्ययन गरेर प्रोफेसर क्वालिफाइ गर्ने वा नगर्ने विश्वविद्यालयको हातमा रहने गरेको छ । यसको प्रमाणीकरण विश्वविद्यालयले गरेर पठाउने गरेको छ ।
विश्वविद्यालयको डीन कार्यालयले सम्बिन्धित कलेजलाई पत्र पठाएपछि प्रोफेसरको नियुक्ति सम्बन्धित कलेजले नै दिने गरेका छन् । विश्वविद्यालयले सम्बन्धन दिदाँताका विराटले पठाएको विवरणका आधारमा गिरीलर्य प्रोफेसर पद दिएको वा नदिएको विषय भने बाहिर आएको छैन । यदि दिएको भए गिरी कानुनी रुपमा सुरक्षित हुने देखिन्छ । सिनियर चिकित्सकलाई प्रोफेसर पद नदिएको भए गिरीले गैरुकानुनी रुपमा डकुमेन्ट दुरुपयोग गरेको ठहर्ने देखिन्छ ।

यस्तो अवस्थामा सिफारिस गरेको थियो विराटले
विराट मेडिकल कलेज खोल्ने समयमा विश्वविद्यालयमा सम्भावित प्रोफेसरको विवरण देखाउनु पर्दथ्यो । सोही क्रममा सन् २०१४ अप्रिल १ तारिकमा विराट अस्पतालले एमडी गरेर दश वर्षभन्दा बढी सेवा गरेका चिकित्सकलाई नियम अनुसार प्रोफेसर नियुक्त गरेको पत्रसहित स्वीकृतीका लागि केयुमा पठाएको थियो ।

सबै प्रक्रिया पुरा गरेपछि विराटले प्रोफेसरका लागि विज्ञापन आवहान गरेको थियो । कलेजले सबै विषयमा प्रोफेसर, असोशिएट प्रोफेसर आवश्यकता भनेको थियो । दश वर्ष पार गरिसकेकाहरुलाई नियम अनुसार विराटले प्रोफेसरको योग्यता हुने भन्दै पत्र दिएको थियो ।
चिकित्सा शिक्षा आयोग, विश्वविद्यालय सबैको मापदण्डमा एमडी गरेको १० वर्ष पुरा भएको खण्डमा प्रोफेसरका लागि योग्य ठहरिने उल्लेख छ । यही आधारमा विराट मेडिकल कलेजले प्रोफेसरको रुपमा नियुक्ती लिन तपाईंको योग्यताले पुग्छ भनेर विराट अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्र मान सिंह कार्कीले डा. गिरीलाई पत्र दिएको देखिन्छ । सुरु विवरणमा मात्रै नभई वीपीको उपकुलपति भएपछि समेत विराटले गिरीलाई प्रोफेसर पद रहेको उल्लेखित सिफारिस दिएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्