छक्का पन्जा-४ को गीत ‘दर्शन सलाम’ सार्वजनिक (भिडियो सहित)

छक्का पन्जा-४ को गीत ‘दर्शन सलाम’ सार्वजनिक (भिडियो सहित)

विराटनगर । यही फागुन १९ बाट देशव्यापी रिलिजको तयारीमा रहेको नेपाली चलचित्र 'छक्का पन्जा–४'को गीत दर्शन सलाम सार्वजनिक गरिएको छ ।

तोकिएको समय भन्दा एक घण्टा ढिलो गरी ओ एस आर डिजिटलको युट्युब च्यानलबाट 'दर्शन सलाम' बोलको गीतको भिडियो रिलिज भएको छ ।

राजेन्द्र थापाको शब्द, दिपक शर्माको संगीत, साहिमा श्रेष्ठ र डेविड शंकरको आवाजमा रहेको गीतको कोरियोग्राफी चर्चित कोरियोग्राफर कबिराज गहतराजको रहेकोछ । टिपिकल नेपाली लोकभाकामा रहेको 'दर्शन सलाम' गीतमा नायिका स्वस्तिमा खडका, निर्मल शर्मा, दिपक राज गिरी,दिपाश्री निरौला, केदार घिमिरे माग्ने बुढा, बुद्दी तमाङ हैट र नव कलाकार राज आचार्यलाई फिचर गरिएकोछ । दर्जनौको संख्यामा कोरस डान्सर उतारिएको भिडियोमा स्वस्तिमा को इन्ट्रीलाई बलिवुड शैलिमा गरिएकोछ ।

झटट हेर्दा बलिवुडको जस्तो गीत लागेपनी नेपाली लोक भाकाको गीतमा कोरियो ग्राफर गहतराजले गज्जबको काम गरेकाछन । गीतमार्फत् दीपकराजको चरित्र चित्रण समेत गरिएको छ । फिल्मको अन्य सिरिज हरु हिट भैसकेका र यस बर्षकै प्रतिक्षित चलचित्र 'छक्का पन्जा–४' लाई चर्चित निर्देशक हेम राज बिसीले निर्देशन गरेका छन भने दिपाले निर्देशनको पाटो स्थगित गरेर अभिनय गरेकिछिन ।

दीपेन्द्र खनिया र केशब न्यौपाने निर्माता र केदार प्रसाद घिमिरे निर्मल शर्मा कार्यकारी निर्माता रहेको फिल्ममा दिपक राज गिरीको लेखन , नरेन्द्र मैनालीको सिनेमेट्रोग्राफी,रोशन श्रेष्ठको द्वन्द्द, निमेश श्रेष्ठ सम्पादन रहेकोछ । फिल्ममा दिपक राज गिरी , दिपा श्री निरौला , निर्मल् शर्मा, बुद्धी तमाङ, राज आचार्य, बेदना राई,सुस्मा निरौला, दिनेश कोइराला लगायतको अभिनय रहेकोछ ।

छक्का पन्जा-४ को गीत हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्