विराटनगर । सानो लगानीमा आफ्नो उद्यम चलाइरहेका उद्यमीहरुलाई ई–कमर्सका माध्यमबाट आफ्नो व्यवसाय प्रवद्र्धन गर्ने सीपबारे तालिम प्रदान गरिएको छ । स्वीस सरकार विकास सहयोग (एसडीसी) र संयुक्त राष्ट्रसंघ पूँजी विकास कोष (यूएनसीडीएफ)को आर्थिक सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को आयोजनामा नवउद्यमीहरुलाई डिजिटल प्लेटफर्मको प्रयोगबारे तालिम मार्फत ज्ञान दिइएको हो ।
महासंघका अध्यक्ष टिकाराज ढकालले साना उद्यमीहरुले बर्षौं देखि चलाइरहेका उद्यमबाट उत्पादित वस्तु तथा सेवालाई नयाँ उपभोक्ताहरु माझ पु¥याउनका लागि तालिम प्रभावकारी रहेको बताउनु भयो । उहाँले उत्पादनको परम्परागत रुपमा गरिने बजारिकरणलाई प्रविधि र ज्ञानको प्रयोग गरेर अझ धेरै उपभोक्ता कहाँ पु¥याउन तालिम निकै उपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । तालिममा सिकेका कुरालाई आफ्नो उद्यमलाई अघि बढाउने गरी प्रयोग गर्न पनि अध्यक्ष ढकालले सहभागीहरुलाई आग्रह गर्नुभयो ।
संयुक्त राष्ट्रसंघ पूँजी विकास कोषका सरोज नेपालले ग्रामीण क्षेत्रमा पनि मोबाइल लगायतका डिजिटल टेक्नोलोजीहरुको प्रयोग बढेका कारण नेपालमा इकमर्शको क्षेत्र बढेको बताउनु भयो । तालिमबाट साना उद्यमीहरुलाई पनि इकमर्शमा प्रवेश गर्न र उत्पादनको प्रवद्र्धन र बजारिकरणमा अघि बढ्न हौसला मिल्ने बताउनु भयो ।
इकमर्शको क्षेत्र बढेका कारण नेपालमा यसका लागि नीतिहरु पनि बन्दै गएकोले अव हरेक व्यवसायमा यसको प्रभावकारिता हुने नेपालले जानकारी दिनु भयो । उहाँले दुरदराजमा इन्टरनेटको पहुँच बढ्दै गएकोले साना तथा लघु उद्यमीहरुले इन्टरनेट र आफुले चलाइरहेको मोबाइल लगायतका डिजिटल उपकरणहरुको माध्यमबाट उत्पादन प्रवद्र्धन गर्न सक्ने बताउनुभयो । त्यसैका लागि यस्तो तालिमलाई अघि बढाउन सहयोग गरिएको पनि जानकारी दिनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय कार्यालयका सहायक निर्देशक हरि पौडेलले उद्यमी व्यवसायीहरु बीच एक अर्काको व्यवसाय बारे जानकारी प्राप्त अवसरका रुपमा पनि तालिम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपालमा मोबाइल, आइप्याड, ल्यापटप र अन्य प्रकारका कम्प्युटरजन्य विद्युतीय उपकरणको प्रयोग बढेका कारण इकमर्शको अभ्यास पनि बढ्दै गएको तालिमकी प्रशिक्षक रिया श्रेष्ठले बताउनु भयो । उहाँले यस्ता उपकरणहरुलाई मनोरञ्जनात्मक सामग्री हेर्ने माध्यमका रुपमा बढि प्रयोग गर्नुभन्दा उद्यमीहरुले आफ्ना उत्पादनको प्रवद्र्धनमा बढि प्रयोग गर्न सक्नुपर्ने सुझाव दिनुभयो । तालिममा मोरङ सहित अन्य जिल्लाका साना तथा लघु र महिला उद्यमीहरु गरी करीव ६० जनाको उपस्थिति रहेको छ ।