भन्सार छलेका साढे पाँचलाख मूल्य बराबरको सामान नियन्त्रण

भन्सार छलेका साढे पाँचलाख मूल्य बराबरको सामान नियन्त्रण

विराटनगर । विराटनगरसहित मोरङका विभिन्न स्थानबाट अवैध रुपमा नेपाल भित्र्याइएको सामान प्रहरीले नियन्त्रणमा लिएर भन्सार बुझाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहतका कार्यालयले ५ लाख ५० हजार ५०० मूल्य बराबरको सामान बरामद गरेको हो ।

मोरङका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार भन्सार छलेर सामान ल्याउँदै गरेको प्रदेश १–०४–००१ ह. ०१८० नम्बरको सिटीसहित विराटनगर महानगरपालिका १५ का सहवाज आलम, महरिया खातुन, खातुन मिया र सुनसरी बर्जु गाउँपालिका ३ का महेश साहलाई लेडिज, जेन्स र बच्चाको लत्ताकपडासहित नियन्त्रणमा लिएर बुझाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्