विराटनगरबाट २१ केजी गाँजा बरामद : कसको नाममा होला को १३ प ४६६८ नम्बरको मोटरसाइकल

विराटनगरबाट २१ केजी गाँजा बरामद : कसको नाममा होला को १३ प ४६६८ नम्बरको मोटरसाइकल

विराटनगर । प्रहरीले विराटनगर–६ केशलिया नहरबाट २१ केजी गाँजा छोडेर भागेको मोटरसाइकल बरामद गरेको छ । गाँजा बोकेर भारततर्फ गईरहेको अवस्थामा को १३ प ४६६८ नम्बरको मोटरसाइकल प्रहरीको आकस्मिक चेकिङ्गमा परेको थियो ।

गत माघ १५ गते साँझ ६ः१५ बजे केशलिया नहरको बाटो गुडिरहेको मोटरसाइकलमा सवार व्यक्तिले अगाडी प्रहरी देखेपछि फरार भएका थिए । फरार हुँदा उनले मोटरसाइकल र त्यहाँ झोलामा बोकेको गाँजा छोडे ।

मोरङका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले गाँजा र मोटरसाइकल बरामद गरेपछि सम्बन्धित व्यक्तिको खोजी भईरहेको जानकारी दिएका छन् । घटनाका बारेमा थप अनुसन्धान जारी रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्