२ लाख बराबरको सुर्तीसहित रंगेलीबाट उसमान शेख पक्राउ

२ लाख बराबरको सुर्तीसहित रंगेलीबाट उसमान शेख पक्राउ

विराटनगर । प्रहरीले सुर्तीसहित रंगेलीबाट एकजनालाई पक्राउ गरेको छ । बुधबार दिँउसो २ बजे रंगेली नगरपालिका– ५ आँपगाछीमा भारतबाट अवैधरुपमा नेपाल तर्फ ल्याउदै गरेको २३ बोरा सुर्ती पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा रंगेली नगरपालिका ५ बस्ने ३३ वर्षिय उसमान शेख मिँया रहको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए । भारतबाट अवैधरुपमा नेपाल तर्फ ल्याउदै गरेको २३ बोरा( अन्दाजी ६ सय ९० के.जी.) करिब २ लाख सात हजार बराबरको धुलो सुर्ती सहित पक्राउ गरेको डिएसपी श्रेष्ठले बताए । पक्राउ परेका मिँयालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय विराटनगरमा बुझाईएको समेत उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्