विराटनगरमा सडक छेकेर मेला, खुलाउन आदेश माग गर्दै अदालतमा रिट

<span class='c1'>विराटनगरमा सडक छेकेर मेला, खुलाउन</span> <span class='c2'>आदेश माग गर्दै अदालतमा रिट</span>

विराटनगर । सार्वजनिक सडक अवरुद्ध पारिएको भन्दै विराटनगरमा बिहीबार सुरु भएको सिएनआई कोसी एक्स्पोविरुद्ध उच्च अदालत विराटनगरमा रिट परेको छ ।

एक्स्पोका कारण सार्वजनिक सडकमा आवागमन अवरुद्ध भएको भन्दै कानुनका विद्यार्थी विन्दानन्द नुन्दीले उच्च अदालतमा रिट दायर गरेका हुन्।

सवारीसाधन र सर्वसाधारणलाई हिडडुल अवरोध गर्दै एक्स्पो आयोजकले घेराबेरा गरेको छ । वैकल्पिक सडक प्रयोग गर्नुपर्ने स्थिति सिर्जना भएको छ ।
स्थानीय प्रशासनसँग अनुमति लिएर सडकको केही भाग एक्स्पोमा प्रयोग गरिएको छ ।

निवेदक नुन्दीले जस्तापाता प्रयोग गरेर छेकिएको सडक खुलाई आवागन सहज बनाउन अन्तरिम आदेश माग गरेका छन् । रिटमा मोरङका प्रमुख जिल्ला अधिकारी, विराटनगर महानगरपालिका, उद्योग परिसंघ प्रदेश १ र ट्राफिक प्रहरी विपक्षी बनाइएको छ ।

विराटनगर– २ शंकरपुरस्थित भित्री सडकलाई दुईतिरबाट छेकेर एक्स्पो आयोजना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्