विराटनगरका जीममा ‘कपल’ : ढल्कदो जीवन, लोभलाग्दो व्यक्तित्व

विराटनगरका जीममा ‘कपल’ : ढल्कदो जीवन, लोभलाग्दो व्यक्तित्व

विराटनगर । कोरोना संक्रमणको जोखिम आउनु अगाडी विराटनगर–४ का कुमार गिरीले जीम जोइन्ट गरे । एक महिनापनि नपुग्दै जीम बन्दभयो । गिरी पुरानै पारामा घरमै सिमित बने ।

उनको जीम जाने धुन मनमा बजिरहेको थियो । ठ्याक्कै पारा नमिल्दा फर्किन सकिरहेका थिएनन् । तीन महिना अगाडी उनलाई पेट अटेसमटेस भएको जस्तो लाग्यो । उनले तीनवर्ष अगाडीको एक महिने जीम अनुभवलाई सम्झे । लयमा फर्कन मन लागेपछि उनी पुनः जोइन्ट भए ।
उनको जीम जाने ईच्छादेखेपछि श्रीमती इन्दु गिरीलाई पनि त्यहि लय समात्ने ईच्छा जाग्यो । उनी पनि श्रीमान्सँगै जीम आईन् । ४० कटिसकेका कुमार र इन्दु अहिले जीममा दैनिक आउँछन्, शारिरीक व्यायाम गरेर फर्कन्छन् ।
कति धेरै काम हुन्छ तर जीम गरेर फर्केपछि भटाभट जाँगर चल्छ, इन्दुले दैनिक घरायसली कामधन्दा बारे भनिन्–वजन घटे झैं लागिरहेको छैन तर शरिरमा स्फूर्ती र छरितोपन छ ।

विराटनगर–४ कन्चनबारीको सजिलो फिटनेस एण्ड जीममा अहिले कुमार र इन्दु जस्तै चार कपलको दैनिकी उस्तै छ । ४० वर्षको आसपास उमेरका चार जोडी जीम क्लव भित्रकै आकर्षकमा पर्दछन् ।
‘जीम मेरो जीवनशैली नै बनिसक्यो’ विकास गोयलले भने–यसलाई रोक्ने स्थितिमा हाम्रो जोडि छैन । उनले दैनिक गर्नुपर्ने कार्यमध्येको सूचिमा शारिरीक व्यायाम र तन्दुरुस्ती पर्ने बताउँदै भने–खुस्बु (जीवन साथी)लाई एकदिन पनि अफसेन्ट हुने मन हुँदैन । जीममा एकअर्काको पार्टनरको भूमिका देखिने विकास र खुस्बु औपचारिक सम्बन्धलाई टाढा राखेर सुरुवाती दिनका प्रेमिल जोडी झैं देखिन्छन् । जीम किन गर्नुहुन्छ ? भन्ने प्रश्नमा खुस्बुले भनिन्–हेल्थ एण्ड वेल्थ र पर्सानालिटी मेन्टेन । उनले स्वास्थ्य र व्यक्तित्व व्यक्तिका लागि आवश्यक भएकोले जीमसँग सामिप्यता गाँस्ने गरेको सुनाईन् ।

घरायसी दैनिकीलाई व्यवस्थापन गर्दै बिहानको मिर्मिरेमा जीममा पुग्दा धेरैको दैनिकी फेरिने गरेको छ । त्यसमा पनि श्रीमान् र श्रीमती नै जीममा जमेर घर फर्कने र आफ्नो लयमा फर्किने अनुभव सबैका आ–आफ्नै छन् । एउटै परिसरमा चारतर्फका युवा पुस्तादेखि उमेर ढल्कँदै गरेकाहरुको उपस्थितिले घर भित्रको वातावरण सिर्जना गरिदिने जीम क्लवका सञ्चालक सन्जय साहको भनाई छ ।
‘बडीले ठाउँ छोड्यो, यसको ल्याङ्वेज पनि नमिल्दो भयो’ अर्का पारस अग्रवालले भने–स्वस्थ्य हुने कुरा प्रमुख छ, त्यस बाहेक शारिरीक तन्दुरुस्ती देखिनु उस्तै जरुरी ।

फिटनेस एण्ड जीम क्लव सञ्चालन गर्नेहरुले त्यहाँ भित्रको वातावरणलाई पारिवारिक बनाउन सक्दा त्यसको प्रभाव सेवा लिन पुग्नेहरुमा पर्ने गर्दछ । त्यसका लागि अनुभवले निखारिएको प्रशिक्षण जरुरी हुन्छ । आफ्ना सदस्यलाई पारिवारिक वातावरण दिएर विधागत जानकारी दिने कुरा महत्वपूर्ण हुने सञ्चालक साहको भनाई छ । उनले शरिरलाई चाहिने भन्दा धेरै खाएर मात्रै कोहि व्यक्ति मोटाउने भन्ने भनाई गलत हुने बताए । तर, मोटाएको जीउ नखाईकन घटाउछु भन्ने मान्यता राख्नु स्वास्थ्यका हिसाबले हानिकारक हुने बताए ।

सन्तुलित आहार र दैनिक व्यायाम गर्ने मानिसले आफ्नो शारिरीक बनोटलाई हृष्टपुष्ठ बनाउन सक्नेछ । त्यति मात्रै नभई आफ्नो व्यक्तित्वलाई आकर्षक पनि । साहले दैनिक ३० प्रतिशत एक्ससाइज र ७० प्रतिशत खानपीनको संयोजन भए स्वास्थ्य र पर्सानालिटी भनेसम्मकै हुने बताए । स्वास्थ्यका लागि १२ महिना नै शारिरीक व्यायाम चाहिने भएपनि जाडो भन्दा गर्मीमा धेरैले जीम गर्ने चाहना राख्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्